logo

अब बुद्ध एयरको हरेक महिनाको भन्सार र आयकर विवरण फेसबुकमै

    1714   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-राज्यलाई कर तिर्ने अभियान प्रवर्धनका लागि हरेक महिना बुझाएको भन्सार र ‘सिनियर’ कर्मचारीको आयकर विवरण बुद्ध एयरले  सार्वजनिक गर्न थालेको छ ।

कर दिवसको अवसर पारेर कम्पनीले  गत १ मंसिरदेखि मासिक रुपमा तिरेको भन्सार र सिनियर पाइलट एवं इन्जिनियरको तलब बापत बुझाएको आयकरको विवरण फेसबुक एवं ट्विटरबाट सार्वजनिक गर्न थालेको हो । 
 
आफुहरुले सुरु देखिनै कर तिर्दै आएकोले प्रतिश्पर्धी कम्पनीहरुलाई पनि दवाव परोस् भनेर कम्पनीले सो कदम चालेको हो। आफूहरुले तिरे भन्दा कम आयकर एवं भन्सार प्रतिश्पर्धीले तिरि रहेको भए राज्यले प्रश्न गर्नु पर्ने छ ।

बुद्ध एयरले हरेक महिना सकिने बित्तिकै तीन शिर्षकमा तिरेको कर सार्वजनिक गर्ने छ । जस अनुसार कम्पनीले अप्रिलमा ३६ जना क्याप्टेनको आयकर बापत ५१ लाख ४९ हजार रुपैयाँ राज्यलाई बुझाएको छ । यस्तै २८ जना इन्जिनियरको आयकर बापत १६ लाख ३२ हजार र भन्सार बापत ९५ लाख ३८ हजार रुपैयाँ राजश्व तिरेको छ ।

 त्यस भन्दा अघिल्लो महिना कम्पनीले पाइलटहरुको आयकर बापत ५४ लाख ६२ हजार, इन्जिनियरको आयमा १६ लाख १५ हजार र भन्सार बापत ९७ लाख ७८ हजार रुपैयाँ कर तिरेको थियो।

बुद्ध एयरले पारदर्शी रुपमा कर रकम सार्वजनिक गर्दा राजश्व प्रशासनलाई पनि प्रतिश्पर्धी अर्को कम्पनीले थोरै बुझाएको अवस्थामा किन कम तिर्यौ भनेर सोधीखोजी गर्ने आधार भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।