logo

अब बुद्ध एयरको हरेक महिनाको भन्सार र आयकर विवरण फेसबुकमै

    2013   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-राज्यलाई कर तिर्ने अभियान प्रवर्धनका लागि हरेक महिना बुझाएको भन्सार र ‘सिनियर’ कर्मचारीको आयकर विवरण बुद्ध एयरले  सार्वजनिक गर्न थालेको छ ।

कर दिवसको अवसर पारेर कम्पनीले  गत १ मंसिरदेखि मासिक रुपमा तिरेको भन्सार र सिनियर पाइलट एवं इन्जिनियरको तलब बापत बुझाएको आयकरको विवरण फेसबुक एवं ट्विटरबाट सार्वजनिक गर्न थालेको हो । 
 
आफुहरुले सुरु देखिनै कर तिर्दै आएकोले प्रतिश्पर्धी कम्पनीहरुलाई पनि दवाव परोस् भनेर कम्पनीले सो कदम चालेको हो। आफूहरुले तिरे भन्दा कम आयकर एवं भन्सार प्रतिश्पर्धीले तिरि रहेको भए राज्यले प्रश्न गर्नु पर्ने छ ।

बुद्ध एयरले हरेक महिना सकिने बित्तिकै तीन शिर्षकमा तिरेको कर सार्वजनिक गर्ने छ । जस अनुसार कम्पनीले अप्रिलमा ३६ जना क्याप्टेनको आयकर बापत ५१ लाख ४९ हजार रुपैयाँ राज्यलाई बुझाएको छ । यस्तै २८ जना इन्जिनियरको आयकर बापत १६ लाख ३२ हजार र भन्सार बापत ९५ लाख ३८ हजार रुपैयाँ राजश्व तिरेको छ ।

 त्यस भन्दा अघिल्लो महिना कम्पनीले पाइलटहरुको आयकर बापत ५४ लाख ६२ हजार, इन्जिनियरको आयमा १६ लाख १५ हजार र भन्सार बापत ९७ लाख ७८ हजार रुपैयाँ कर तिरेको थियो।

बुद्ध एयरले पारदर्शी रुपमा कर रकम सार्वजनिक गर्दा राजश्व प्रशासनलाई पनि प्रतिश्पर्धी अर्को कम्पनीले थोरै बुझाएको अवस्थामा किन कम तिर्यौ भनेर सोधीखोजी गर्ने आधार भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।