logo

एभरेष्ट स्काइडाइभको वार्षिकोत्सवमा विश्व किर्तिमानधारी स्काइडाइभरहरू सम्मानित

    1758   पटक पढिएको


२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं– नेपालका लागि मोरक्कोको वाणिज्य दूतावासले त्याहाँका अन्तर्रा्ष्ट्रिय ख्याति प्राप्त विश्व किर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई विशेष सम्मान गरेको छ । बक्काली अन्तर्रा्ष्ट्रिय ख्यातिप्राप्त साहषी एवम् जागरुक एवम् उत्साही पेशेवर स्काईडाइभर हुन् । जसले हालसम्म अन्तर्रा्ष्ट्रिय स्काइ डाइभिङ्ग क्षेत्रमा ७,००० भन्दा बढी स्काइडाइभिङ्ग सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । 

नेपालमा पनि सगरमाथाका विविध उचाईबाट स्काइडाइभिङ्ग गर्ने उद्देश्यका साथ सन् २००८ को अक्टोबर २६ तारीखका दिन एभरेष्ट स्काइडाइभ कार्यक्रम स्थापित गरिएको थियो । बक्कालीले गत नोभेम्बर ०३ र ०४ तारीख गरी दुई पटक सगरमाथाको २३,०००फिटको उचाईबाट स्काइडाइभ गरेका छन् । ५ पटकको विश्व किर्तिमानी कार्यक्रमका सहभागी, बक्कालीले गत वर्ष ‘ग्रिन र्माच दिवस’ कै अवसर पारेर अर्थात् सन् २०१६ को नोभेम्बर ०६ तारीखका दिन दुबईस्थित १८००० फिट उचाईको एक स्थानबाट मोरक्कन झण्डासहित हाम फालेका थिए । 

सोही अवसरमा बक्कालीसहित उनका टिमका अन्य स्काइडाइभरहरूलाई पनि सम्मान गरिएको छ । सम्मानीत हुनेहरूमा विश्वका विभिन्न राष्ट्रहरूबाट प्रतिनिधित्व गर्ने १३ जना स्काइडाइभरहरू जो एभरेष्ट स्काइडाइभिङ्गका सिलसिलामा नेपाल आएका  पनि संलग्न छन् । 
टोलीमा विश्व किर्तिमानधारी २१,००० जम्प सहित गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर, वल्र्ड रेकर्ड होल्डर हाइ अल्टिच्युड पोली एथलिट र फ्रिस्टाइल स्काइडाइभिङ्ग विश्व किर्तिमानधारी स्काइडाइभरहरू रहेका छन् । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्य दूत बसन्त चौधरी र र मोरक्कन राजदूतावास नयाँ दिल्लीका मिनिष्टर काउन्सेलर तथा डेपुटी चिफ अफ मिसन हसार्न अलावली मोस्तोफीले संयुक्तरुपमा गरेका थिए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।