logo

एभरेष्ट इस्योरेन्सको आजदेखि हकप्रद शेयर निष्काशन

    1629   पटक पढिएको

१४ जेठ /अर्थ र व्यापार - एभरेष्ट इस्योरेन्स कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले वैशाख ८ गतेसम्म कामय शेयरधनीहरुका लागि चुक्ता पूँजीको ३०० प्रतिशत एक कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । 

कम्पनीले असार १६ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने धितोपत्र निष्काश तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 
प्रति कित्ता १०० रुपैयाँको दरमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर निष्काशन गरे सँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । 
कम्पनीले यस अगाडि चुक्ता पूँजीको १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गरेर संस्थापक तर्फ ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशतको शेयर संरचना बनाएको थियो । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि एक अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिए सँगै कम्पनीले ६०० प्रतिशत हकप्रद शेयर निष्काशनको घोषणा गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनी ऐन र बीमा ऐन अनुसार संस्थापक र सर्वसाधारण शेयर धनीको संचरना नभएको भन्दै हकप्रद शेयर निष्काशनका लागि रोक लगाएको थियो । बोर्डले निर्देशन बमोजिम कम्पनीले हकप्रद मार्फत संस्थापक शेयरधनी कायम गरेको हो । संस्थाको हालको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ छ । हकप्रद निष्काशन सँगै बीमा समितिले निर्देशन गरेको न्युनतम चुक्ता पूँजी जुटाउने छ । हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले औषत भन्दा तलको प्रतिफल दिने सूचक ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । 

हकप्रद शेयरका लागि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सम्पुर्ण शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्सान र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।