logo

स्थानीय र आयोजनाबीच तीन बुँदे सहमति पछि दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हट्यो

    1654   पटक पढिएको

८माघ /अर्थ र व्यापार   - हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दुधकोशी जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएका छन् । धितुङका स्थानीय र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबीच सोमबार तीन बुँदे सहमति भएपछि दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो । 

द्वीपक्षीय छलफलमा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका क्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वका सम्पूर्ण काम यही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने, कोर ड्रिलिङको कामलाई आजैका मितिबाट सुचारु गराउने, परीक्षण सुरुङमार्ग निर्माणकाक्रममा धितुङतर्फ मोटरबाटो निर्माण गर्न आयोजना तथा वडा कार्यालयसँग समन्वय गर्ने, तत्काललाई टेष्ट अडिट खन्ने काम सुरु गर्न दिनेलगायतका सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । 

स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प बनाएका थिए । 

दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना प्रमुख बसन्तध्वज श्रेष्ठ, आयोजना प्रशासन अधिकृत सीताराम तरबाडे, दुधकोसी रँभुवा–धितुङ रातेखोला सरोकार तथा संघर्ष समितिकातर्फबाट संयोजक निरकुमार राई र सचिव रमेश राईबीचमा आयोजनाको काम अघि बढाउनका लागि लिखित सहमति भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।