logo

सिभिल बैंकको ५८ औं शाखा दमकमा

    1644   पटक पढिएको


४ चैत्र /अर्थ र व्यापार- सिभिल बैंक लिमिटेडले आफ्नो ५८ औं शाखा दमकको फर्निचर लाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । 
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्षहरूलगायत सो क्षेत्रका उद्योगी व्यवसायी गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको उपस्थिति थियो । 
उद्घाटन कार्यक्रमका डेपुटी गभर्नर शिवाकोटीले नेपाललाई समृद्धिततर्फ लान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाइ आफ्नो संभाव्य खर्चहरूको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरे । 
नेपाल राष्ट्र बैंकले आफ्नो नियमक निकायको जिम्मेवारीलाई बहन गर्दै हरेक स्थानीय तहमा वित्तीय पहुँच पुराउने नीति अनुरूप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको कुरा पनि उनले बताए । कार्यक्रममा दमक नगरपालिकाका–६ का अध्यक्ष टेकबहादुर थापाले सिभिल बैंक लिमिटेडलाई दमकमा स्वागत गर्दै बैंकका विविध निक्षेप तथा कर्जा सुविधाले स्थानीयको आर्थिक स्थिति उकास्न टेवा पुराउने कुरा बताए । 
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरूका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवालगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकमो हालसम्म २ लाखभन्दा बढी ग्राहकहरू रहेको ३७ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।