logo

चितवन र नवलपरासीमा बढी कर तिर्ने दुई वटा फर्म सम्मानित 

    1706   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - चितवन र नवलपरासीमा धेरै आयकर तिर्ने दुईवटा फर्म सम्मानित भएका छन् । छैठौ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरले दुई बढी कर तिर्ने दुईवटा फर्मलाई सम्मान गरेको हो। चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक हस्पिटल र नवलपरासीको गैडाकोटमा रहेको विजय लघुवित्त संस्थालाई सम्मान गरिएको हो। दुबै सेवा क्षेत्रका कम्पनीले बढी कर तिरेका छन् । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले नारायणी सामुदायिक हस्पिटलका उपाध्यक्ष चुडामणि खनाल र विजय लघुवित्तका सिइओ वसन्त लम्साललाई सम्मानपत्र हस्तान्तरण गरे। सो अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायब सुब्बा भुवन खतिवडालाई समेत सम्मान गरियो ।

कार्यालय प्रमुख पंगेनीले नीतिगत समस्यालाई सुधार गर्दै कर प्रणालीलाई सहज बनाइने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले निजी क्षेत्रले कर संकलनमा सहयोगीको भूमिका खेल्ने बताए।कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आर्थिक वर्षमा कार्यालयले १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्तिक मसान्त सम्ममा ६ अर्ब ५८ करोड ८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।