logo

चितवन र नवलपरासीमा बढी कर तिर्ने दुई वटा फर्म सम्मानित 

    1227   पटक पढिएको


७ मंसिर / अर्थ र व्यापार - चितवन र नवलपरासीमा धेरै आयकर तिर्ने दुईवटा फर्म सम्मानित भएका छन् । छैठौ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरले दुई बढी कर तिर्ने दुईवटा फर्मलाई सम्मान गरेको हो। चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक हस्पिटल र नवलपरासीको गैडाकोटमा रहेको विजय लघुवित्त संस्थालाई सम्मान गरिएको हो। दुबै सेवा क्षेत्रका कम्पनीले बढी कर तिरेका छन् । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले नारायणी सामुदायिक हस्पिटलका उपाध्यक्ष चुडामणि खनाल र विजय लघुवित्तका सिइओ वसन्त लम्साललाई सम्मानपत्र हस्तान्तरण गरे। सो अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायब सुब्बा भुवन खतिवडालाई समेत सम्मान गरियो ।

कार्यालय प्रमुख पंगेनीले नीतिगत समस्यालाई सुधार गर्दै कर प्रणालीलाई सहज बनाइने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले निजी क्षेत्रले कर संकलनमा सहयोगीको भूमिका खेल्ने बताए।कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आर्थिक वर्षमा कार्यालयले १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कार्तिक मसान्त सम्ममा ६ अर्ब ५८ करोड ८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।