logo

चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न

    1981   पटक पढिएको

१६ फागुन /अर्थ र व्यापार - ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र माथिल्लो चमेलिया जलविद्युत आयोजनाको प्रवर्द्धक अपि पावर कम्पनीबीच फागुन १५ गते पीपीएमा हस्ताक्षर भएको हो । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सञ्चालनमा आएको ठिक एक वर्षपछि ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको पीपीए भएको हो ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले हस्ताक्षर गरे । सुदूरपश्चिम प्रदेशको दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका यो अपर चमेलिया जलविद्युत आयोजना तेस्रो आयोजना हो। यस अघि कम्पनीले ८.५ मेगावाटको नौगाड गाढ जलविद्युत आयोजना ३ वर्षअघि निर्माण गरिसकेको र ८ मेगावाटको अपर नौगाड गाढ जलविद्युत आयोजनाबाट आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु गर्न लागेको छ ।

अपर चमेलिया जलविद्युत आयोजनाबाट बार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । २०७६ को सुरुवातबाट निर्माण सुरु हुने आयोजना ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको विद्युत गृहभन्दा १५ किलोमिटर मात्रै माथि छ । यस आयोजनाको लागत प्रति मेगावाट १८ करोड रुपैयाँको दरले कुललागत सात अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।