logo

हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर बुटवल पावर कम्पनीद्वारा खरिद

    1662   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - बुटवल पावर कम्पनी (BPCL) ले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर खरीद गरेको छ । बुटबल पावरले ६०० मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत आयोजना विकास गर्ने आयोजना कम्पनी हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत शेयर खरीद गरेको हो ।

अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनामा हिमताल हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको ६ लाख एक हजार ३०० कित्ता शेयर पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा शेयर स्वामित्व कायम भएको कम्पनीले जनाएको छ । यससँगै अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनामा बुटबल पावरको १९.४ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

बुटबल पावर कम्पनीले तीन साझेदार चिनीयाँ कम्पनीहरु मिलेर ६०० मेगावाटको अपर मस्र्याङ्दी २ र २८२ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत्त आयोजनाको सम्पूर्ण शेयर किनेका थिए । उक्त शेयरहरु अपर मस्र्याङ्दीको आयोजना कम्पनी हिमताल हाइड्रोपावर र मनाङ मस्र्याङ्दी जलविद्युत्त आयोजनाको मनाङ मस्र्याङ्दी हाइड्रोपावरले बचेका हुन् । हिमताल हाइड्रोपावरको शेयर खरिदबिक्री सम्बन्धि सम्झौतापत्रमा नेपालको बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी, र तीन साझेदार चिनीयाँ कम्पनीहरु (एससीआईजी इन्टरनेसन लिमिटेड, जिङ्चेण्ड इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड) र चिनीयाँ आयोजना कम्पनीबीच बैशाख २१ गते हस्ताक्षर भएको थियो ।

त्यसैगरि मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयर खरिद गर्ने सम्बन्धमा विदेशी शेयरधनी राजरत्न इनर्जी होल्डिङसँग गत चैत १२ गते तथा स्थानीय शेयरधनी मर्स्याङ्दी पावर कम्पनीसँग चैत १५ गते सेयर खरिद गर्ने सम्झौता सम्पन्न गरेको विपिसीले जनाएको छ ।

भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले लगानी जुटाउन नसकेपछि बुटवल पावर कम्पनी र उसको साझेदार कम्पनी एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका थिए । २०७४ मंसिरमा आगामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्न बताएको बुटवल पावरले तीन चिनियाँ कम्पनीले संयुक्त रुपमा एससीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता अनुसार उक्त शेयर खरिद गर्ने सम्झौता गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।