logo

वित्त आयोग सचिवालयमा अर्याल

    2665   पटक पढिएको


१४ पुष / अर्थ र व्यापार - सरकारले अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई प्राकृतिक स्रोत तथा वित्त आयोग सचिवालयमा सचिवको जिम्मेवारी दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई निजामति सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दैै कायममुकायम सचिवका रूपमा अर्याललाई वित्त आयोगको जिम्मेवारी दिएको हो । अघिल्लो संसदमा दलहरुबीच आयोग गठनमा सहमति हुन नसक्दा आयोगका पदाधिकारी नियुक्त हुन सकेका छैनन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको सरकारको यो निर्णयसँगै वित्त अयोग गठनको प्रक्रिया सुरु भएको छ । 
आयोग गठन नहुँदा तीनै तहका सरकारको वित्तीय अधिकारको बाँडफाँडलगायतका बन्दोबस्तीका कार्यमा ढिलाइ हुँदै आएको थियो । कामु सचिवमा बढुवा भएलगत्तै अर्यालले छिट्टै नै कर्मचारी व्यवस्थापन गरेर काम अघि बढाउने बताए । “आयोग बन्न समय लाग्ने भएपछि कर्मचारी नियुक्ति र सचिवालय स्थापना गर्ने काम तुरुन्तै अघि बढ्नेछ,” उनले भने । आयोग सचिवालय गठनसम्बन्धी अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार यसअघि नै सरकारको विशिष्ट श्रेणीका सचिवको नेतृत्वमा हुनेगरी आयोगका कर्मचारी दरबन्दी स्वीकृत भइसकेको छ । सोहीबमोजिम आयोग गठनपछि उसले संघ सरकारले तल्ला सरकारलाई हस्तान्तरण गर्ने स्रोत बाँडफाँडको आधार तयार गर्ने उल्लेख छ । कामु सचिव अर्यालले मन्त्रिपरिषद्बाट सचिवालय गठनसम्बन्धी प्रस्ताव पारित भएलगत्तै अव सचिवालय कहाँ राख्ने भन्ने पनि लगभग टुंगो लागिसकेको बताए । “कहाँ राख्ने भन्ने बिषयमा केही ठाउँको पहिचान भइसकेको छ त्यसको पनि एक साताभित्रै टुंगो लाग्नेछ,” उनले भने ।
नेपालको संविधान २०७२ को धारा ६० को उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम हुने व्यवस्था गरिएको छ । जस अनुसार पनि प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी तथा भ्याट, अन्तःशुल्कबाट उठ्ने राजस्वलगायतको बाँडफाँडको आधार तयार गर्ने जिम्मेवारी आयोगलाई छ । संघीय संरचनामा खर्चको बाँडफाँटसम्बन्धी वित्त आयोगको ठूलो भूमिका हुँदाहुँदै पनि सरकारले आयोग गठनमा भएको ढिलाइले स्थानीय तहको खर्च ब्यवस्थापन हुन सकेको छैन । 
धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष सहित बढीमा पाँच सदस्यीय हुने व्यवस्था छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । तर, आयोग गठन र कार्यसञ्चालनका लागि आवश्यक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन विघटित संसद्ले ढिलो गरी पारित गरेपछि आयोग गठनमा ढिलाई हुँदै आएको थियो । गत असोजमा बसेको संसदको बैठकले अन्तर–सरकारी वित्त व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ र राष्ट्रिय प्रकृतिक स्रोत तथा बित्त आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७४ संसदबाट पास गरेपछि संघियता कार्यान्वयनको बाटो खुलेको थियो । यी दुबै बिधेयक कार्यान्वयन भएसँगै बित्त आयोग गठनको बाटो खुलेपनि निर्बाचनका कारण प्रमुखको नियूक्ति सचिवालय गठनमा ढिलाई हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।