logo

सानिमा बैंकद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख सहयोग

    1606   पटक पढिएको


२० फाल्गुन / अर्थ र व्यापार - सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो । उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई २१ लाखको सहयोग गरेको छ । 
एक कार्यक्रमकाबीच बैंकका सञ्चालक तुकप्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यलाई सरहाना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुसी लागोको पनि उनले बताए । कार्यक्रममा बोल्दै सीताराम कट्टेलले उक्त बस्ती अनुमानित समयभन्दा चाँडै र अनुमानित लागतभन्दा कममै सकिएको बताउँदै बैंकिङ क्षेत्रबाट अहिलेसम्मको सबैभन्दा ठूलो धन राशी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिँदै उनले यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए । 
त्यसैगरी श्रीमती कुञ्जना घिमिरेले फाउन्डेसनलाई विश्वास गरेकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रूपमा लिएको बताइन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमाभित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।