logo

मुक्तिनाथ कृषि कम्पनीद्वारा सहकारी साझेदारी बहस, लगानी दशकलाई भूमिका खोजी

    305   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – मुक्तिनाथ कृषि कम्पनीले छैटौं वार्षिकोत्सवमा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’ बहस कार्यक्रम गरेको छ।
सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुसार सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा कम्पनीले सरोकारवालासँग छलफल गरेको हो।
कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ।
कार्यक्रममा मन्त्री अधिकारीले कृषकको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘रैथाने खाद्यान्नको प्रवर्धन, रसायनिक विषादीको प्रयोग न्यूनीकरण गरी स्वच्छ उत्पादन, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत, चक्लाबन्दी र सामूहिक खेतीको प्रवर्धनलाई सरकारले मुख्य प्राथमिकतामा राखेको छ,’ उनले भने।
कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा संघीय सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा र स्थानीय सरकारहरु उत्पादन र वितरणमा लाग्नुपर्ने टिप्पणी वक्ताहरुले गरेका थिए। त्यस्तै, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरुको संचालन तथा व्यवस्थापन र बजारीकरणमा लाग्नुपर्ने उनीहरुको सुझाव थियो।
उनले सहकारी क्षेत्र कृषक र उपभोक्तालाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा विकास साझेदारहरु क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका सदस्य डा.जयबहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यक रहेको औंल्याए।
मुक्तिनाथ कृषि कम्पनीको मुख्य लगानीकर्ता मुक्तिनाथ विकास बैंक हो । धितोपत्र बजारमा सूचीकृत कम्पनीको उद्देश्य संस्थागत मूल्य शृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण गर्नु रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।