logo

नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

    390   पटक पढिएको


९ भदौं/अर्थ र व्यापार – नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष सिंहले आव २०७९/८० मा जीवन बीमा व्यवसाय सोचे अनुसार विस्तार हुन नसके पनि आव २०८०/८१ मा सुधारको बाटो तय गरेको बताइन् । आव २०७९/८० मा कम्पनीको सबै वित्तीय सूचाकांकहरू उत्साहप्रद रहेको उनको भनाइ छ ।
कम्पनीको कुल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भई १६ अर्ब ८० करोड ९० लाख रुपैयाँ पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट ९ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको कम्पनीले जनाएको छ ।
कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५ अर्ब ४० करोड ४० लाख पुगेको कम्पनीको भनाइ छ । कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४९ अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ ।
कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको र आव २०७९/८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

साधारण सभाले आव २०७९/८० को मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको १० प्रतिशतले हुने ५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद लाभांस पारित गरेको छ । यस्तै चुक्ता पूँजीको ४ प्रतिशतले हुने २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ बरारबको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । चुक्ता पूँजीको ४ प्रतिशत बोनस वितरण पछि कम्पनीको कुल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।