logo

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

    866   पटक पढिएको


२७ बैशाख/अर्थ र व्यापार – नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।
बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले महासंघका अध्यक्ष तथा ग्लोबल आइएमइ ग्रुपका अध्यक्ष ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले जनाएको छ ।
‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गरि मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, विमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल भएको भन्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संले उनलाई यो अवार्डबाट सम्मानित गरेको हो ।
‘मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवं अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यो सम्मान प्रदान गरिएको हो,’ संघद्धारा प्रदान गरिएको अभिनन्दनपत्रमा उल्लेख गरिएको छ ।
अवार्ड ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले यस सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।