logo

पर्यटन प्रवर्द्धन गर्न बुलेट यात्रा

    486   पटक पढिएको


३० चैत/अर्थ र व्यापार – नयाँ वर्ष २०८१ को अवसर पारेर नेपाल बुलेट हाउसको आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भन्दै नेपाल बुलेट हाउसले नेपालको प्रवद्र्धनका लागि उदयमान गन्तव्यहरूको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका छन् ।

रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमा देखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवद्र्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए । उनले यो कार्यक्रम मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनकालागि एकदमै उपयोगी भएको दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।