logo

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित, साधारण सभाबाट ५जना संचालक चुनिए

    428   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेको छ । गत वर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १०.२६ बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० कारोड ४५ लाख रुपैयाँ छ । कम्पनीले १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड २ लाख ८५ हजार ८९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सोही साधारण सभाबाट अजाद श्रेष्ठ, प्रणवकुमार दास, बलराम खनाल, पानुदत्त पौडेल र शम्भु अधिकारी संचालकमा चुनिएका छन्। श्रेष्ठ दास र खनाल संस्थापक सेयरधनी तथा पौडेल र अधिकारी सर्वसाधारण सेयरधनीका तर्फबाट संचालकमा निर्विरोध चयन भएका हुन्।
युनाइटेड अजोड इन्स्योरेन्सले चालु आवको वर्ष पुससम्म १ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ । सो कम्पनीले सो अवधिमा १३ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । युनाइटेड र अजोड इन्स्योरेन्स मर्जरपछि युनाइटेड अजोडले गत जेठबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।