logo

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, शिक्षा भट्टचन अध्यक्ष बन्दै

    637   पटक पढिएको

२६ जेठ/अर्थ र व्यापार – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारणसभाले सेयरधनीहरुलाई ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको छ।सभाले वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु पारित गरेको छ।
यसैगरि, सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।
कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण सेयरधनीहरुको तर्फबाट चौथो वार्षिक साधारणसभाबाट सञ्चालकमा रहदै आएका छन्।
शुक्रबार बस्ने सञ्चालक समिति बैठकले शिक्षा भट्टचनलाई कम्पनीको नयाँ अध्यक्ष चयन गर्ने भएको छ। यसअघिका अध्यक्ष अमात्य सञ्चालक नबनेपछि भट्टचनलाई अध्यक्ष हुन बाटो खुलेको हो।
सो सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच समान हैसियतमा मर्जमा जाने प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । मर्जपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न सभाले स्वीकृति प्रदान गरेको छ। प्रभु लाइफले २०७४ मंसिर २८ देखि जीवन बीमा व्यवसाय गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।