logo

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

    1123   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।
न्युरोड ताम्राकार कम्प्लेक्सको तेस्रो तला (शप नं. ३१) मा रहेको जिओ स्टोरले गत २१ फागुन देखि ‘होलीमा जिओको उपहार, बैंकक भ्रमणको रमाईलो अवसर’ अफर ल्याएको हो। यो अफर आगामी बैशाख मसान्तसम्म रहने सो स्टोरले जनाएको छ।
स्टोरबाट मोबाइल एवं ल्यापटप खरिद गरेपछि लक्की ड्र कुपन पाईने छ । सो कुपनमा आफ्नो विवरण भरेर लक्की ड्रमा सहभागी हुन सकिने जनाएको छ । लक्की ड्रमा सहभागी २ जना भाग्यशाली विजेताले ५ दिन ४ रातको बैंकक टुर प्याकेज जित्न सकिने जिओ मोबाइलका प्रबन्ध सञ्चालक गुरुदत्त शर्माले जानकारी दिए।
जिओ स्टोर नेपालकै नम्बर १ एक्सजेन्ज हाउस समेत हो । जिओ स्टोरबाट विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप खरिद गर्न सकिने छ। स्टोरबाट नयाँ मोबाइलसँग पुरानो मोबाइल समेत साट्न सकिने जनाएको छ। ग्राहकले नयाँ तथा पुराना आइफोन खरिद तथा एक्सचेन्ज समेत गर्न सकिने जनाएको छ।
शर्मा मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्ष समेत हुन् । केही समय अघि मात्र उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।