logo

मेटलाइफको विशेष नयाँ बीमा योजना, मध्यावधिमै ४० प्रतिशत रकम पाइने

दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा

    1054   पटक पढिएको

 १८ माघ/अर्थ र व्यापार – मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ । मेटलाइफले ग्राहकहरूको लागि मध्यावधि फाइदाहरु सहितको नयाँ एन्टिसिपेटेड एन्डोमेन्ट जीवन बीमा योजना संचालनमा ल्याएको हो ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको हो ।
सो कम्पनीको अनुसार यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् । र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १०० प्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् ।
यस योजनाको मध्यावधिपछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले धेरै उत्साहका साथ ग्राहकहरूका लागि नयाँ विशेषता सहितको बीमा योजना ल्याएका बताए । ‘यस बीमा योजनाबाट ग्राहकहरुले आत्मविश्वासका साथ बाँच्न र सँगसँगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘हाम्रा ग्राहकको आवश्यकतालाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’

मध्यावधि वृद्धि बीमा योजनाको फाइदा यस्तो छ
१ . यस योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६०% रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ ।
२. मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको १०० प्रतिशत रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् ।
३. यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यक्तिले बीमाङ्कको दोब्बर(२००%) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुक्तानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिने छैन ।
४. यस बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१ दिन, अधिकतम ६० वर्ष रहेको छ ।
५. यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार र अधिकतम बीमाङ्क ५० करोड रुपैयाँ रहेको छ ।
६. बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।
७. अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असतmता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।