logo

विवाहमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

    929   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार – पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहारस्वरुप दिने प्रचलन बढ्दै गइरहेको छ । यसैबीच सुनवल नगरपालिका वडा नं. ०४ को परासी बस्ने कृष्ण प्रसाद शर्मा र उनकी धर्मपत्नी रुका शर्माले आफ्नो छोरी सितश्मा शर्माको शुभ बिबाहका अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।
शर्मा परिवारले छोरी सितश्मा र ज्वाइ मिलन खनाललाई सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ योजना’ बीमा पोलिसी छोरीको नाममा खरिद गरि आफ्नो छोरीज्वाइलाई उपहार स्वरुप दिएका हुन् ।
आफ्नो छोरीलाई बिवाहको दिन १० लाख रुपैयाँको बीमा खरिद गरि उपहार दिएका हुन् । विवाह सहारोहमा परासी शाखाका प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाईफ इन्स्योरेन्स क.लि.को बारेमा छर्लङ्ग गराउदै आफ्नो प्रिय छोरीलाई उपहार स्वरुप विमा पोलिसी उपहार स्वरुप दिएकोमा उनीहरुलाई बधाई संगसंगै धन्यवाद दिए ।

यसैगरि, एजेन्सी म्यानेजर शुुशिला भुसाल ढकाल, सिता काउचा राना, लक्ष्मी तिवारी र लक्ष्मी ढकाल थापाले नयाँ जोडिलाई शुभकामना समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।