logo

आइएमई समूहले किन्यो लाजिम्पार्टको‘होटल लि हिमालय’ , हस्पिटालिटी क्षेत्रमा तेस्रो फड्को

    1398   पटक पढिएको


६ मंसिर/अर्थ र व्यापार– रेमिट्यान्स, फाइनान्स, बैंक, अटो, केबलकार र सिसोर्ट लगायत विविध क्षेत्रमा संलग्न सफल व्यावसायिक घराना आइएमई समूहले हाल काठमाडौको लाजिम्पार्टस्थित ‘होटल लि हिमालय’ खरिद गरेर लिएको छ ।
आइएमई समूहले पर्यटन पूर्वाधारको विभिन्न होटल समालेको यो तेस्रो होटल हो । सर्वप्रथम चन्द्रागिरी हिल्स रिसोर्टबाट हस्पिटालिटी विजनेशमा हात हालेको आइएमई समूहले ६ महिनाअघि मात्र पोखराको लेकसाइड ट्रिप रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।
कोरोना विश्व महामारीले थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैँ गर्दा अहिले आइएमई समूहले लाजिम्पार्टमा चलिरहेको हिमालय लि होटल लिएर सञ्चालन गरेको हो ।
स्वदेशी र विदेशी सबै पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएको बेस्ट रिजोर्ट नेपाल हस्पिटालिटिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक विक्रम शाहले जानकारी दिए ।
उनले ग्राहकलाई सुलभ मूल्यमा पाँचतारे होटलको जस्तो सेवा दिइरहेको बताए । ‘आनन्दले घुम्ने योजनाकासाथ काठमाडौं आएका आन्तरिक तथा बाह्य पर्यटकलाई यस होटल लि हिमालयले सहुलियत एवं निकै आकर्षक मुल्यमा पाँचतनरे होटलको जस्तै उच्चस्तरको गुणस्तरीय सेवा दिन्छ’ सीईओ शाहले भने ।
यसैगरि, सीईओ शाहले सहरी क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने लक्ष्यकासाथ काठमाडौंको केन्द्रीय क्षेत्र लाजिम्पाटमा सञ्चालित होटल लिएको बताए ।’लाजिम्पाट व्यवसायिक हिसावले निकै महत्वपूर्ण स्थान हो, धेरै देशका दूतावासहरु यस क्षेत्रमा छन् , ठूला कर्पोरेट हाउसहरु यसै क्षेत्रमा केन्द्रीत छन् । ‘विदेशी पर्यटकको लागि पनि यो सजिलो गन्तव्य हो’ शाहले भने ।
होटल लि हिमालय थ्रीस्टार वर्गको होटल हो । हाल होटल लि हिमालयमा ५० वटा कोठाहरु छन् । एउटा कन्फ्रेन्स (सभा) हल रहेको छ । सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । यसैगरि, होटल भित्रै एउटा रेष्टुरेण्ट एण्ड बार छ । यस होटलमा कर्पोरेट हाउसहरुको लागि भनेर एउटा बोर्ड रुम बनाइएको छ । हाल यस होटलमा रुफटप रेष्टुरेन्ट थप्न लागिएको शाहले जानकारी दिए ।
उनले होटल सहरको केन्द्रीय भागमा रहेकोले र प्रयाप्त पार्किङ व्यवस्था रहेको उनले बताए।
उनले व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्नकालागि होटल ले हिमालय असाध्यै उपयोगि रहेको बताए । ‘घरमा पाहुना आयो भने खुसी हुने हाम्रो संस्कार हो, हामी ‘अथिति देवो भवः’ भन्छौं, यसलाई आत्मसात गरेका छौं’ उनले भने । यस होटलले उत्कृष्ट स्वादका परिकारसहित उत्कृष्ट सेवा दिने र ग्राहकले अफोर्डएवल मूल्यमा फाइभ स्टार होटलको जस्तो सुविधा उपभोग गर्न पाउने दावी गरे ।
आइएमई ग्रुपले सञ्चालनमा ल्याएका धेरै जस्तो सेवाहरु आईएमई ब्राण्डमा छन् । तर, होटल क्षेत्रमा भने आइएमई समूहको ब्राण्ड प्रयोग गरिएको छैन । अब विस्तारै आइएमई समूहको नामबाट नै होटलहरुको नामाकरण गर्नेबारे निर्णय हुन सक्ने शाहले जानकारि दिए । यत्तिको व्यवसायीक घरनाले अब आफ्नो विशेष एउटा ब्राण्ड त बनाउनै पर्छ, एउटा स्ट्याण्डर्डमा चल्नैपर्छ, यसबारे गृहकार्य भईरहेको जानकारी गराउँदै शाहले भने, ‘हामी होटल क्षेत्रमा नेपाली ब्राण्ड सिर्जना गर्न चाहान्छौं, तर नाम अहिले नै फाइनल भएको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।