logo

१८औँ सूर्य नेपाल ज्याजमाण्डु शुरु

    1039   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार – ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याजल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले आज बिहीबारबाट सुरु भएको छ । सो फेस्टिभल आगामी १९ अक्टोबरसम्म चल्ने भएको छ ।
कोभिड–१९ को महामारीकाकारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु–२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहने छ ।ज्याजमाण्डु आयोजकका अनुसार ६ दिनसम्म चल्ने यो ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थितमालपी इन्स्टिच्युटमा कन्सर्ट÷संगीतप्रतियोगिताबाट सुरु हुनेछ ।
ज्याजमाण्डुको बहुप्रतिक्षितज्याजबजार अक्टोबर १५ को दिउँसो आयोजितहुनेछ, जहाँउपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमाअविश्वसनीय संगीतको आनन्दलिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुने सो कम्पनीले जनाएको छ ।
सन् २००२ मापहिलो पटक आयोजनागरिएको ज्याजमाण्डु आजसम्मआउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाई लिन सफलभएको सो कम्पनीले जनाएको छ । ज्याज संगित प्रवद्र्धनको रुपमा शुरु गरिएको सूर्य नेपालज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतिक्षित साँगितिक कार्यक्रमको रुपमा स्थापित भइसकेको सो कम्पनीले जनाएको छ ।
धेरै मानिसहरूलाई संगीतको पहुँचमा पु¥याउन सूर्य नेपाल ज्याजमाण्डुलेनिःशुल्कशोहरु, विद्यालयलक्षित शैक्षिककार्यक्रमहरु तथा कार्यशालाहरू मार्फत सक्रिय रूपमा कार्य गरिरहेको छ । यसले संगीतकार, स्वयंसेवक, पारखी , विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवद्र्धन गर्दै आएको सो कम्पनीले जनाएको छ । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले ज्याज संगित प्रवद्र्धनको निमित्त ज्याजमाण्डु आयोजकहरुसंग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरुलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।