logo

बियर जात्रा सम्पन्न

    1197   पटक पढिएको


१० असोज/अर्थ र व्यापार – मदिरा व्यवसायी संघ ललितपुरद्वारा आयोजित ‘बियर जात्रा’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको बियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनीहरूबाट उत्पादन गरिएका ३० थरीभन्दा बढी ब्राण्डका बियरहरू राखिएका थिए ।
ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा आयोजना गरिएको वियर जात्रा कार्यक्रममा बियर कम्पनीहरूले विभिन्न प्रकारका छुटको व्यवस्था मिलाएकाले उल्लेख्य संख्यामा उपभोक्ताको सहभागिता भएको संघका सल्लाहकार मुकुन्द महर्जनले जानकारी दिए ।
वियर जात्रामा गीत सङ्गीतसहित विभिन्न खानाका परिकारका फुड स्टल पनि राखिएकाले सो जात्रा एउटा महोत्सवमा परिणत भएको संघका अध्यक्ष उपेन्द्र लाखेले बताए ।
यसैगरि, उनले हामी व्यवसायी मात्र नभएर उत्पादक र उपभोक्ता समेत यो कार्यक्रमबाट उत्साहित भएको बताए । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गरेको सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यों लगायत काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका मदिरा व्यवसायी र उपभोक्ताहरूको सहभागिता रहेको सो संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।