logo

एलजी टिभी नेपालमै बनाउन सिजी इलेक्ट्रोनिक्सले एसेम्बली प्लान्टको स्थापना ग¥यो

    1068   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) ले नेपालमै टेलिभिजन उत्पादन गर्न थालेको छ । कम्पनीले काठमाडौको सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्ट स्थापना गरेको हो ।
एलजी प्लान्टको एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले उद्घाटन गरेका हुन् । ‘विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ । चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखिको सहकार्य र लामो अनुभवले हामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ’ चुनले भने ।
नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको उनले बताए । उनले आगामी दिनमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरीय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिएको सुनाए ।
निकट भविष्यमा, एलजीका होम एप्लायन्स र इन्टरटेनमेन्ट एप्लायन्स नेपालमै एसेम्बल हुने भएका छन् । जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउनेछ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी खुसी भएको बताए ।
एलजी इलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप प्रत्यक्ष विदेशी लगानीको आगमन गराउन निश्चित रूपमा मद्दत गर्ने जानकारी दिए । नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू सिर्जना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मूल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउने उनको भनाई छ ।
नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्न एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आइरहेको छ ।
यसैगरि, चुनले मीनभवन, काठमाडौंमा रहेको एलजी सपको पनि भ्रमण गरेका छन् । ग्राहकलाई राम्रो अनुभव र पहुँच प्रदान गर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म नेपालमा एलजीका ८ वटा शोरुम छन् ।
यसैबीच चुनले नेपालमा टिभी प्यानल निर्माण एकाइ स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सिजी इन्डस्ट्रियल पार्कको भ्रमण गरेका छन् ।
उनले नवलपरासीको देवचुलीमा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्स इंकसँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लासरुम (डिजिटल स्कुल) को भ्रमण पनि गरे ।
कर्पोरेट सामाजिक उत्तरदायित्वलाई मनन गर्दै निर्माण गरिएको डिजिटल क्लासरुमले विद्यार्थीहरूलाई डिजिटल शिक्षा सहायतामार्फत समग्र शैक्षिक ज्ञान प्राप्त गर्न टेवा पु¥याइरहेको छ ।
संस्थाले हालसम्म ४ प्रदेश र ९ जिल्लामा २४ सामुदायिक विद्यालयलाई सुसज्जित गरिसकेको छ र देशभर विस्तार गर्ने योजना बनाएको छ । एलजी इलेक्ट्रोनिक्स लगभग सबै देशहरूमा उपस्थिति राख्ने ७५ हजार भन्दा बढीे अन्तर्राष्ट्रिय कार्यबल भएको, टेक्नोलोजी र इलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो ।
दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ अर्ब अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो ।
टिभी, होम एप्लायन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू उपभोक्ता र व्यावसायिक उत्पादनहरूको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्डहरू हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।