logo

डिजी पेका ग्राहकले स्टार हस्पिटलमा उपचार गर्दा सहुलियत पाउने

    784   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – भुक्तानी सेवा प्रदायक डिजी पेका ग्राहक र यसका व्यवसायीक पार्टनरहरुले लिलितपुरको स्टार हस्पिटलमा उपचार गराउँदा सहुलित पाउने भएका छन् ।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गर्दै सो सुविधा पाउने घोषणा गरेको छ ।
यो सम्झौतापछि डिजी पेले ल्याएको व्यवसायीक तथा घरदैलो योजना अन्तर्गत डिजी पेमा आवद्ध सबैले स्टार हस्पिटलबाट ८२५ रुपैयाँको दुई टिकट र १ हजार ६५० बराबरको ओपीडी टिकट निशुल्क पाउने छन् ।
यसैगरि, बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने डिजी पेले जनाएको छ ।
डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटलसँग सहकार्यले डिजी पेसँग आवद्ध व्यवसायी तथा ग्राहकले उपचारमा सुविधा उपभोग गर्न पाउने बताए । डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनमा रहेको र यो सहकार्यले यसमा थप सहयोग गर्ने पनि पाण्डले बताए ।
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले यस सहकार्यले सम्बन्धित सबैलाई व्यवसायीक, सामाजिक र स्वास्थ्य लाभ हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।