logo

टेलिकमको गुणस्तर सुधारका कार्ययोजना १५ दिनभित्र पेस गर्न निर्देशन

    1406   पटक पढिएको

१२ साउन/अर्थ र व्यापार — नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन प्रतिनिधि सभाको विकास तथा प्रविधि समितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले आगामी १५ दिनभित्र कार्ययोजना तयार गरी समितिमा पेश गर्न भनेको छ ।
नेपाल टेलिकमको गुणस्तर र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाबारे छलफल गर्न बसेको बैठकमा सहभागी सांसद्हरूले फोन नलाग्ने, डेटा नचल्नेलगायत समस्या रहेको सुनाएका थिए ।
समितिले यसअघि १९ पुसको बैठकमा पनि टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइबारे जिज्ञाशा राखेर नयाँ टावर निर्माणको कार्यायोजना पेस गर्न निर्देशन दिएको थियो । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ मै सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरिसकेकोमा विस्तार हुन बाँकी ४३ वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने कार्ययोजना र बाँकी रहेका २२८ वटा टावर निर्माण कहिलेसम्म सम्पन्न गरिने हो सोको कार्ययोजना बनाई १५ दिनभित्र समितिमा पेश गर्न समिति निर्देशन गर्दछ’ समितिले जारी गरेको लिखित निर्णयमा उल्लेख छ ।
सो निर्देशनको पालना नभएको समिति सभापती कल्याणी कुमारी खड्काले बताइन् । ‘समितिले निर्देशन दिँदै गर्छ, हाम्रो आफ्नो काम अगाडि बढाउँदै गरौं भन्ने हिसाबले हो कि, अहिलेसम्म कार्ययोजना पेश नभएको बताउँदै उनले भनिन्, ‘सो निर्देशनको सम्बन्धमा के–कस्तो कार्ययोजना मन्त्रालयबाट बनाइयो समितिलाई पुनः जानकारी गराउन समिति निर्देशन गर्दछ ।’
बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले प्रगाति विवरण र चुनौतीहरू सुनाएका थिए । टुजी, थ्रीजी र फोरजीको कभरेज र क्यापासिटी विस्तार गर्नुका साथै पुराना ट्रान्समिन उपकरणहरूलाई नयाँ उपकरणमा स्तरोन्नति गरेको, माइक्रोवेभ लिंकबाट सञ्चालित ट्रान्समिसन नेटवर्कमा ब्यान्डविथ थप गरेको लगायत विवरण टेलिकमका निर्देशकहरूले पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।