logo

कर्मचारी संचय कोष र नागरिक लगानी कोषले बढायो ब्याज, बचतकर्तालाई फाइदा

    1759   पटक पढिएको

२८ असार/अर्थ र व्यापार – बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेको बेला कर्मचारी संचय कोष र नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । यि दुवै संस्थाले आफ्नो संचयकर्ता अर्थात् बचतकर्ताबाट जम्मा हुने रकममा ब्याज बढाएका हुन् । बढेको ब्याज आगामी १ साउनदेखि लागू हुनेछ ।
बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाउनकै लागि संस्थागत निक्षेपको ब्याजदर बढाएसँगै नागरिक लगानीकोष र कर्मचारी संचय कोषले पनि आफ्ना बचतकर्तालाई दिने ब्याजदर केही बढाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोष संस्थागत निक्षेपकर्ता हुन् । अहिले यी र यस्तै निक्षेपकर्ताको निक्षेप तान्नका लागि बैंकहरुले लविङ गरिरहेका छन् । कर्मचारी संचय कोष र नागरिक लगानीकोषले बोलकबोलका आधारमा बैंकमा निक्षेप राख्ने व्यवस्था छ ।
अहिले बैंकहले संस्थागत निक्षेपकर्तालाई १०.१३ प्रतिशत ब्याज तोकेको भएपनि आन्तरिक रूपमा भने बढी नै ब्याजको मोलमोलाइ भइरहेको पनि सुनिन्छ । कर्मचारी संचय कोषले संचयकर्तालाई संचय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ । यसैगरि, संचयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याज तोकेको छ ।
धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने ब्यवस्था पनि सञ्चय कोषले गरेको छ । यस्तै, नागरिक लगानी कोष (सिआईटी)ले संचालन गरिरहेको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमको ब्याजदर पनि बढेको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रमको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएको हो ।
कोषले संचालन गरिरहेको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने कोषले जनाएको छ ।
सो अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा सो प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा यस्तो प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।
यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।