logo

आईएमई पेको नयाँ योजना ,हवाई टिकट काट्दा क्यासब्याक र ३ सय रूपैयाँसम्म छुट

    1441   पटक पढिएको

६ बैशाख/अर्थ र व्यापार – ‘आईएमई पे’ ले हवाई टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरूले एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त ३ सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो।
यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले, आईएमई पेले यात्रुलाई हवाई उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको जनाएको छ ।
यस नयाँ योजनाअनुसार हवाई उडान टिकटमा ५ सय ५ सम्मको छुटदेखि लिएर नेपालको कैयौं रमणीय गन्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने जस्ता योजनाहरु पनि ल्याइएको छ ।
सो योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफरमार्फत छुट पाउनेछन् भने फर्स्ट टाइम युजर्सहरुले आईएमई पे एपको पूर्व उल्लेखित क्यास ब्याकको साथै ३ सय रूपैयाँ अतिरिक्त छुट पाउनेछन् ।
अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यास ब्याकमा आईएमई पे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।