logo

सिटिजन लाइफ इन्स्योरेन्स बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी 

    1391   पटक पढिएको

१४ पुस/ अर्थ र व्यापार – सिटिजन लाइफ इन्स्योरेन्स डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी बनेको छ । आफ्ना ग्रहाहकलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन डिजिटल अभियान अन्तर्गत यस्तो डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ ।
अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिए पछि, अहिले यस कम्पनी अभौतिक बीमालेख सञ्चालन गर्ने पहिलो कम्पनी हो ।

यस सेवाले कम्पनीको दक्षता बढाउनुकासाथै, समयको बचत गराउने, कम्पनी र ग्राहक दुबैकालागी सजिलो वातावरण को सृजना गने सो कम्पनीको दावी छ । सटिजन लाइफ इन्स्योरेन्सको ‘ डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत २ वर्षदेखि सञ्चालनमा रहेको सो कम्पनीले जनाएको छ ।  

यसैगरि,अनलाईनबाट सजिलै दावी पक्रिया पनि अघि बढाउन सकिने , कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको सो कम्पनीले जनाएको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरिय बनाउदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए । 
यसैगरि, यस कम्पनीले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाकालागि इसेवा । फनपे, कनेक्ट आइपिएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुकासाथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।