logo

मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन निर्वाचित

    1035   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनीट्रान्सफरका चन्द्र टण्डन निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न १६ औं वार्षिक साधरसभाले संघको अध्यक्षमा टण्डनलाई निर्वाचित गरेको हो । यसैगरि, रितेश मित्तल(नेपाल रेमिट ईन्टरनेशनल)महासचिवमा, सञ्जय सिग्देल (सूर्या रेमिट ) कोषाध्यक्षमा, ईन्द्र प्रसाद शर्मा (आईपे रेमिट) सचिवमा र दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स) सह कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी, सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट) र सञ्जिव पाठक एटिटि रेमिट) चयन भएका छन् । यसैगरि, संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर) मनोनित भएका छन् । सभामा संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे पुर्व अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । सो साधारण सभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका पुर्व महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिटेन्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।