logo

आईएमईको ‘डबलको डबलको डबल’ बम्पर उपहार, डेढ लाख पठाउने दाहालले पाए साढे १२ लाख

    1228   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार – रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमईको डबलको डबलको डबलको बम्पर’ उपहार पाउने विजेता घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत विजेता घोषणा गरेको हो । 
जसमा दुबईबाट आफ्ना परिवारलाई आइएमई मार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोखलाका जीवेश दाहालले आईएमईको बम्पर उपहार प्राप्त गरेका छन् । विजेता दाहालले सो बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आईएमई रेमिटका ब्राण्ड एम्बेस्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका थिए ।
सोही अवसरमा दोखलामा रहेकी विजेता दाहालकी श्रीमतीलाई ब्राण्ड एम्बेस्डर गिरी र निरौलाले द्वयले फोन सम्पर्क गरी बधाई समेत दिएका थिए ।
आईएमर्ई रेमिटले दशैं, तिहार र छठ पर्वको अवसरमा ८ साता लामो ‘डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । जसमा हरेक साता एक÷एक जना विजेता घोषणा गरि उनीहरुले पाउने नियम अनुसारको रकम वितरण गर्दै आएको थियो ।
बिहीबारकै कार्यक्रममा ८औं हप्ताको विजेता समेत घोषणा गरिएको थियो । जसमा ८औं हप्ताको विजेता मुनाल क्षेत्री विजेता घोषणा भएका छन् ।
क्षेत्रीले आईएमई मार्फत् ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएकोमा ८६ हजार रुपैयाँ प्राप्त गरेका छन् । क्षेत्रीलाई कार्यक्रममै चेक प्रदान गरिएको थियो । 
सो कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताए । हाल नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरे ।
‘आजभन्दा २० वर्ष अघि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपबाट स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्राउन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाई छ ’ उनले भने । 
यसैगरि, उनले अहिले रेमिट्यान्स लगानीमा भन्दा पनि उपभोगमा गईरहेको भन्दै अब भविश्यका लागि पनि ‘लङ टर्म इन्भेष्टमेन्ट’ गर्नु पर्ने बताए । लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यासन्लाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे ।
यस्तै, कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेलले आईएमई जहिले पनि हाम सर्वसनधारणको सहजका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताए । उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आईएमईले वर्षेनी गर्दै आएको बताए ।
उनले पनि आईएमईले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्राउनका लागि गरेको पहल स्मरण गर्दै अब डिजिटल रेमिट्यान्सको विकल्प नरहेको पनि प्रष्ट पारे । ‘अबको प्रविधिको हो, हामीले डिजिटल रेमिट्यान्सको सुरुवात गरिसकेका छौं ,यसको राम्रो प्रतिक्रिया आइरहेको छ, कोठामै बसेर कम खर्चमा रेमिट्यान्स पठाउन सकिन्छ,’ उनले भने । यसैगरि, उनले कार्यक्रममा नेपालमा रेमिट्यान्स कम आउनुको कारण पनि बताएका थिए । कार्यक्रममा ब्राण्ड एम्बेस्डर द्वय गिरी र निरौलाले पनि धारणा राखेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।