logo

सामसङको नयाँ फोल्डएबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ बजारमा

    1388   पटक पढिएको


२० भाद्र / अर्थ र व्यापार– सामसङ नेपालले नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । 
सामसङ नेपालद्धारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ सार्वजनिक गरेको हो।  सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न शाक्य र पुुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा सो स्माटफोन सार्वजनिक गरेका हुन । 
स्टाइलिस डिजाइन भएको ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’मा दुईवटा स्क्रिन मेन स्क्रिन र कबर स्क्रिन रहेको छ । मेन स्क्रिनमा ६.७ इन्चको डाइनामिक एमोलेड इन्फिनिटी फ्लेक्स डिस्प्ले छ । कवर स्क्रिनमा १.९ इन्चको सुपरएमोलेड डिस्प्ले छ ।
सामसङले स्मार्टफोन १२ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फोल्ड ३ फाइभ–जीको मूल्य दुई लाख १९ हजार ९९९ रुपैयाँ तोकेको छ भने १२ जीबी ¥याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ । 
यसैगरि, ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फ्लिप ३ को मूल्य एकलाख २४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने सो कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले फोन फ्लिप गरेर दुवै स्क्रिन प्रयोग गर्न सक्नेछन् । यसमा १२० हर्जको रिफ्रेस रेट छ । यो फोल्डएबल फोनको रियर क्यामरामा १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र १२ मेगापिक्सलको वाइड क्यामरा छ । यसैगरी, यसमा १० मेगापिक्सलको सेल्फी क्यामरा छ । 
यसको क्यामरामा भएको फ्लेक्स–मोडबाट प्रयोगकर्ताले हातबिना नै सेल्फीहरु खिच्न सक्छन्। क्यामरा क्विक सट फिचर पनि छ जसले किबर स्क्रिनबाट फोटो र भिडियो खिच्छ ।  ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ अपग्रेडेड स्टेरियो स्पिकर र डोल्बी एटोमका साथ आएको छ । ५–एनएम ६४ बिट अक्टा–कोर प्रोसेसरले बनेको यो फोनमा ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज छ । यसमा ३ हजार ३ सय एमएएचको ब्याट्री पावर छ । चार्जिङमा भने १५ वाटको फास्ट चार्जिङ, १० वाटको फास्ट र ४।५ वाटको रिभर्स वायरलेस चार्जिङ छ । आइपिएक्स रेटिङमा ८ पाएको यो फोल्डएबल फोन पानी प्रतिरोधी पनि छ । 
‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ क्रिम, लाभेन्डर र फ्यान्टम ब्ल्याक रङमा उपलब्ध छ ।
सामसङ नेपालले ग्यालेक्सी जी सिरिजका दुई प्रिमियम स्मार्टफोनको बिक्री सुरु भएको जानकारि गराउने क्रममा सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न शाक्यले नेपाली उपभोक्ताबीच नयाँ मोडलहरु सार्वजनिक गरिएको बताए ।  उनले अत्याधुनिक प्रविधियुक्त फोनहरुले उपभोक्तामा नयाँ उत्साह प्रदान गर्ने बताए । यी दुवै स्मार्टफोनहरुमा सामसङले अन्डर डिस्प्ले क्यामेरा प्रविधिको प्रयोग गरेको छ । फोटो वा भिडियो खिच्दा क्यामेराको भाग स्क्रिन भित्रै देखिएपनि अन्य कार्यहरु गर्दा क्यामेराको लेन्स हराउने सो कम्पनीले जनाएको छ । फोनमा मेन तथा कभर स्क्रिनहरुमा १२० हर्ज एडेप्टिभ रिफ्रेस रेट रहेकाले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ अनुभव मिल्ने बताइएको छ । 
त्यसैगरि, फुल्ली अप्टिमाइज एस पेनले ग्यालेक्सी जी फोल्ड ३ मा एस पेन फोल्ड एडिसन तथा एस पेन प्रो गरी एस–पेन दुई विकल्पमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ । 
त्यसैगरी, ग्यालेक्सी जी फोल्ड ३ मा फ्लेक्स मोड फिचर्स जस्ता सुविधाले माथिल्लो स्क्रिनमा भिडियो च्याट र तल्लो स्क्रिनमा मिटिङ नोटहरु सँगसँगै हेर्न सक्ने बताइएको छ। यो फोन ग्यालेक्सी फोल्ड २ भन्दा पातलो र हलुका रहेको सो कम्पनीले जनाएको छ। 
ग्यालेक्सी जी होल्ड ३ तीन वटा रङमा उपलब्ध छन्। फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन र फ्यान्टम सिल्भर रङमा खरिदगर्न सकिने सो कम्पनीले जनाएको छ।    यस स्मार्टफोन सेल्फ–एक्पेरियन्सका लागि उपयुक्त डिभाइस भएको सो कम्पनीको दाबी छ । ग्यालेक्सी जी फ्लिप ३ फाइभ–जीको कभर स्क्रिन पहिलेको भन्दा चार गुणा ठूलो रहेको छ । जसका कारण फोनलाई अनफोल्ड नै नगरी बाहिरबाटै नोटिफिकेसन हेर्न सकिने सो कम्पनीले जनाएको छ । 
यसैगरि, सामसङ नेपालले ग्यालेक्सी जीका दुईवटा स्मार्टफोनकासाथै स्मार्ट वाच र इयर बड्स पनि नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी वाच फोर सिरिज अन्तर्गत ग्यालेक्सी वाच फोर क्लासिक दुई आकारमा उपलब्ध छन्। नेपाली बजारमा ग्यालेक्सी वाच फोर क्लासिक ४६ एमएमको ४९ हजार ९९९ रुपैयाँ र ४२ एमएमको ४६ हजार ९९९ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ । त्यसैगरि, ग्यालेक्सी वाच फोर पनि दुईवटै आकारमा उपलब्ध छन्। ४४ एमएमको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ४० एमएमको ३४ हजार ९९९ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ । ग्यालेक्सी बड्स २ को मूल्य भने सामसङ नेपालले १७ हजार ९९९ रुपैयाँ तोकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।