logo

यतीद्धारा पाँचवटा जेटस्ट्रिम जहाज गुणलाई हस्तान्तरण

    1518   पटक पढिएको


२५ असार/अर्थ र व्यापार– यती एयरलाइन्सले पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ । 

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर यती समुहसंग ५ वटा जेटस्ट्रिम जहाज खरिद गरेको हो ।

बिहीबार यती समूहका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण पत्र दिएका हुन् ।

पर्यटन मन्त्रालयबाट उडान संख्या विस्तारको अनुमति पाएसँगै गुणले यतीको पाँचवटा जेटिस्ट्रिम जहाज खरिद गरेको हो । 

उडान संचालनका लागि गुण यतिखेर नागरिक उड्डयन प्राधिकरणको एओसी प्रक्रियामा रहेको छ । प्राधिकरणको हवाई सुरक्षा विभागका अनुसार, पाँच चरणको प्रक्रियामध्ये यतिखेर जहाजको परीक्षण भइरहेको छ । 

सुरुवाती चरणमा यतीले गुणलाई जेटस्ट्रिम संचालनका लागि प्रविधिक तथा पाइलट, इन्जिनियर, एयरहोस्टेज लगायत जनशक्तिको व्यवस्थापनमा सहयोग गर्नेछ ।

यतीबाट लिएका पाँच र हाल भएका दुई बिचक्राफ्टसहित सातवटै जहाज आउँदो दसैंसम्ममा संचालनमा ल्याउने योजनामा गुण एयरलाइन्स रहेको छ । कम्पनीले आगामी दुई वर्षभित्र दुई ट्विनअटर सिरिजका जहाज थप गरी नौवटा जहाजमार्फत सेवा दिने योजना बनाएको छ । 

यसअघि दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गर्दै आएको कम्पनीले जहाज संख्या विस्तार गरिएसँगै जनकपुर, भद्रपुर, बिराटनगर, सिमरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटारलगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्ने जनाएको छ । 


 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।