logo

एनआइसी एसियाको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

    2148   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार- एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत पद गत नौ महिनादेखि रिक्त थियो । लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए । त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए ।

न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन् । न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनले कुबेर एण्ड कम्पनी तथा पिएल श्रेष्ठ कम्पनीजस्ता चार्टर्ड एकाउन्टेन्ट फर्ममा काम गरिसकेका छन् । तत्कालिन बैंक अफ एसियामा समेत काम गरेका न्यौपानेको पालामा बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँ पुगेको छ । बैंक अफ एसियामा उनले आन्तरिक लेखापरीक्षण विभाग प्रमुख भएर काम गरेका थिए । उनले  प्रमुख जोखिम अधिकृत भएर समेत काम गरेका थिए । 

नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आईतवार नै अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले साना तथा मझौला क्षेत्रमा ऋण विस्तार गर्दै उत्पादनमूलक क्षेत्र लगानी गर्ने आफ्नो योजना सुनाए । उनले देशका सबै कुनाकाप्चामा पुगेर बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तारलाई अझै बढाउने जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।