logo

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्वाचित, सदस्यमा आरसीलाई सर्वाधिक मत

    1350   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सुदिप थापा निर्वाचित भएका छन् । एएनएस क्रियसनका थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारणसभाले सुदिप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आइतबार भएको संघको साधारणसभाले थापाको नेतृत्वमा ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।
संघको सो निर्वाचनमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् भने ७ जना सदस्य निर्वाचित भएका हुन्।
संघका अध्यक्ष थापासहित प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्धितीय उपाध्यक्ष्मा प्रिज्मार्क मार्केटिङ्गका पंकजलाल प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी, संघको महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन । कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ भने चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन् ।
अन्य कार्यसमिति सदस्यमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गर्दै विजयी हाँसिल गरेका हुन् । रेग्मीले ६१ मत प्राप्त गरेका छुन् । यसैगरी, कार्यसमितिमा एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी, भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।