logo

राष्ट्र बैंकद्वारा उत्पादनशील उद्यम गर्ने व्यवसायीहरुलाई कर्जामा सहुलियत प्रदान 

    1174   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनका लागि चर्को आन्दोलन गरिरहेका बेला राष्ट्र बैंकले ऋणको ब्याजदर घटाउने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । उत्पादनशील उद्यम गर्ने व्यवसायीहरुलाई राष्ट्र बैंकले पम्पर उपहार दिएको छ ।

सोमबार राति ९ बजे चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।अब बैंकहरुले राष्ट्र बैंकबाट पुर्नकर्जा लिएर उत्पादनसिल क्षेत्रमा प्रदान गर्ने व्याजर १ प्रतिशतले घटाउनु पर्ने भएको छ । यस अघि ४ प्रतिशतमा पुर्नकर्जा लिँदै ९ प्रतिशत व्याजदरममा ऋण दिने पाउने व्यवस्थालाई परिर्वतन गर्दै राष्ट्र बैंकले ८ प्रतिशत भन्दा बढी ब्याजदरमा ऋण दिने नपाउने व्यवस्था गरेको हो ।

वाणिज्य बैंकहरुले कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनमूलक उद्योगमा प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्दा सम्बन्धित बैंकको आधार दरमा थप गरिने प्रिमियमलाई राष्ट्र बैंकले तोकेको प्रतिशतसम्म मात्र हुने व्यवस्था गर्ने जनाएको छ । त्यसैगरी, निश्चित रकम भन्दा माथिको दीर्घकालीन परियोजना कर्जामा ऋणीसँगको सहमतिमा तोकिएको अवधिका लागि ब्याजदर स्थिर गर्न सकिने व्यवस्था मिलाइनेछ राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, राष्ट्र बैंकले पुनरकर्जाको सीमा पनि बढाएको छ । बैंकहरुले राष्ट्र बैंकबाट पुनरकर्जा लिएर उत्पादनशील क्षेत्रमा प्रबाह गर्न पाउने रकम ५० अर्ब रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ । राष्ट्र बैंकले गरेको व्यवस्थाले उत्पादनशील उद्यम गर्न चाहनेहरुका लागि कर्जामा राम्रो सहुलियत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।