logo

टुटल र पठाओको गैह्रकानुनी कार्य सार्वजनिक

    1791   पटक पढिएको

१ माघ / अर्थ र व्यापार- दुईपांग्रे सवारीलाई भाडामा प्रयोग गरिने प्लेटफर्म ‘पठाओ’ र ‘टुटल’सँग आवद्ध चालकहरूको संख्या २० हजारभन्दा बढी रहेको प्रहरीले अनुमान गरेको छ । यसरी ठूलो संख्यामा निजी सवारीहरु मोटरसाइकल र स्कुटर प्रयोग हुँदा समेत नियामक निकाय यातायात व्यवस्था विभाग भने मौन देखिएको छ । 

टुटलले दुई वर्षअघि र पठाओले करिब १ वर्ष देखि यस्तो कार्य गरिरहेका छन् । तर, विभागले यसविरुद्ध कुनै कदम चालेको पाइँदैन । ट्राफिक प्रहरीले भने गैरकानुनी कार्य गर्ने यस्ता मोटरसाइकलहरूलाई नियन्त्रणमा लिन थालेको हो । हालसम्म प्रहरीले करिब एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिइसकेको दरबारमार्ग ट्राफिक बिटका प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।  दरबारमार्ग ट्राफिक बिटका प्रहरी निरिक्षक दयाकृष्ण भट्टले यस सम्बन्धमा विशेष अपरेसन नै सञ्चालन गरेका थिए । “हामीले सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बोलाएर सम्बन्धित निकायबाट सञ्चालनको अनुमति लिएरमात्र यस्तो कार्य गर्न भनेका छौं”–भट्ट्ले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनी ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छ । हालको ऐन कायम रहँदा सम्म निजी सवारीले यात्रु ओसारपसार गर्न नमिल्ने प्रहरी निरिक्षक दयाकृष्ण भट्टले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।