logo

भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने पुनर्निर्माण प्राधिकरणको तयारी

    1447   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - भूकम्पले घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेका भूकम्प प्रभावित पहिचान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई अनुदान रकम पाउने लाभग्राहीको सूचीमा सूचीकृत हुन अन्तिम मौका दिने गरी प्राधिकरणले चैत १५ देखि प्राविधिकलाई गाउँ पठाउन लागेको हो । २०७२ वैशाख १२ मा गोरखा बारपाक केन्द्र रहेर गएको भूकम्पले घर क्षति पुगे पनि लाभग्राही सूचीमा नपरेर भूकम्प प्रभावितले सरकारी अनुदान पाएका थिएनन् ।

यसअघि पनि प्राधिकरणले तथ्यांक संकलनका क्रममा छुटेका भूकम्प प्रभावितलाई गुनासो दर्ता गराउन आग्रह गरेको थियो। गुनासो दर्ताका क्रममा पनि छुटेका भूकम्प प्रभावित, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनि तोकिएका गुनासोकर्ता, लगत संकलन नै नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयभित्र दर्ता गरेका नयाँ गुनासोकर्तालाई प्राधिकरणले अन्तिम पटक छुट तथा गुनासो पुनः जाँच गर्न प्राविधिकहरू खटाउन लागेको हो ।

खटिएका प्राविधिकलाई आफ्नो लगत संकलन गराउन प्राधिकरणले सूचना निकालेर जानकारी गराएको छ । साथै प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिलाई वास्तविक भूकम्प प्रभावितको लगत संकलन गर्ने कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । भूकम्प गएको तीन वर्ष भइसक्दा पनि निजी आवास पुनर्निर्माण कार्य सकिएको छैन । सरकारले प्रति घर निर्माणलाई ३ लाख रुपैयाँ अनुदान दिने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।