logo

पर्यटक उद्धार सम्बन्धि छानबिन कार्यदल राजनीतिक दबाबमा

साना ट्रेकिङ व्यवसायिहरु त्रसित

    2627   पटक पढिएको

१० असार / अर्थ र व्यापार नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गठन गरिएको कार्यदल माथि राजनीतिक दबाव सिर्जना भएको छ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी गर्नेहरुले विभिन्न राजनीतिक दलका नेताहरुमार्फत छानविन कार्यदल माथि दबाव सिर्जना गरेको छानबिन कार्यदलका एक सदस्यले अर्थ र व्यापारलाई वताए ।

यसैविच यस्तो धन्दामा सक्रिय कतिपय व्यवसायिहरुले विभिन्न राजनीतिक दलका नेताहरु संग भेट गर्दै आँफुलाई बचाँईदिन र छानविन कार्यदललाई राजनीतिक दवाव सिर्जना गरिरहेको जानकारी अर्थ र व्यापारलाई प्राप्त भएको छ । गत शुक्रवार पर्यटक उद्धारका नाममा ठगि गर्ने केहि हेलिकोप्टर्स,ट्राभल एजेन्सि,हस्पिटल र रेस्क्यु कम्पनीहरुका सञ्चालकहरुको बैठक समेत बसेको अर्थ र व्यापारलाई जानकारी प्राप्त भएको छ ।

यसैविच रेस्क्यु धन्दावालहरुले आँफुहरुले राजनीतिक सेटिङ मिलाईसकेको र आँफुहरुलाई छानविनको दायरामा ल्याई कार्वाही गरिए साना ट्रेकिङ कम्पनीहरुलाई पार्ने भन्दै ट्रेकिङ कम्पनीहरुलाई त्रसित बनाएको एक ट्रेकिङ कम्पनीका सञ्चालकले अर्थ र व्यापारलाई वताए । त्यस्तै केहि हेलिकोप्टर्स कम्पनीका सञ्चालकहरुले पनि ट्रेकिङ कम्पनीहरुलाई मात्र दोषि देखाएर आँफुहरु बच्ने लविङ तिब्र पारेका छन । तर छानविन कमिटिका सदस्यहरुले भने यस्तो धन्दामा सक्रिय सवै कम्पनीहरुमाथि छानविन गरिरहेको अर्थ र व्यापारसंग वताएका छन ।

“यस सम्बन्धमा अनुसन्धान र कार्वाहीको सिफारिस गर्न ठूलै राजनीतिक ईच्छाशक्ति चाहिन्छ, राजनीतिक ईच्छाशक्ति भयो भने मात्र कार्वाही सम्भव छ”–छानविन कार्यदलका एक सदस्यले अर्थ र व्यापारलाई वताए । ति सदस्यका अनुसार यस्तो धन्दामा सक्रिय कतिपयले विभिन्न राजनीतिक दलका नेताहरु मार्फत फोन गर्दै आँफुहरुलाई बचाईदिन र छानविनलाई प्रभावित पार्न खोजिरहेका छन ।

तर पर्यटनमन्त्री रविन्द्र अधिकारी पर्यटकलाई उद्धारका नाममा ठगि गर्नेहरु विरुद्ध कार्वाही नै गर्ने अडानमा रहेको उनी निकट स्रोतले अर्थ र व्यापारलाई वताएको छ । मन्त्रीको अडान भएपछि प्रभावकारी छानविन र कार्वाहि पनि हुने पर्यटन मन्त्रालय स्रोतले वतायो ।

यस सम्बन्धमा अनुसन्धान गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ६ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा, मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल र आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल रहेका छन । 

मन्त्रालयले पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ,ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी गर्नेहरु माथि अनुसन्धान गरिरहेको छ । कार्यदललाई आगामी अषाढ १५ भित्र आवश्यक अनुसन्धान, छानविन गरी सत्यतथ्य पत्ता लगाई समस्या निराकरणको लागी उपाय,विधि र कारवाहीको समेत सिफारिस गर्न निर्देशन दिईएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।