logo

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.रेग्मी नियुक्त

    2159   पटक पढिएको

१४ माघ / अर्थ र व्यापार- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । यसअघिका वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिएपछि पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

मंगलबार बसेको बोर्डको बैठकले छनौट समितिको सिफारिसमा सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । गत एक साता अघि नै छनौट समितिले सिफारिस गरे पनि विभिन्न कारणवश केही दिन नियुक्ति रोकिएको थियो । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनी सहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

रेग्मीले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन समेत गराएका थिए । रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । जियोग्राफी (भूगोल)का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।