logo

अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष जोड दिन नाट्टाको आग्रह

    2929   पटक पढिएको

२१ माघ / अर्थ र व्यापार- नेपाल पर्यटन वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी लाई भेट गरि नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड दिन पर्यटन वोर्डलाई आग्रह गरेको छ । वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई बधाई दिन नाट्टाका निवर्तमान अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा गएको नाट्टा कार्यसमितिले सो धारणा राखेको हो ।

निवर्तमान अध्यक्ष पाण्डले नेपाल पर्यटन वोर्डलार्ई डिजिटलाईज्ड गराउनुपर्ने,हरेक प्रदेशका  उत्कृष्ठ प्रोडक्टहरुलाई प्रोत्साहन र प्रवद्र्धन गनुपर्ने तथा नेपाल पर्यटन वोर्डले मठ, मन्दिर निर्माणको साटो अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने वताए । भेटमा नाट्टाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आँफु निजी क्षेत्रको सिईओ भएको वताउँदै तत्कालिक भन्दा पनि दिर्घकालिन महत्वका विषयहरु ल्याउन संघ–संस्थाहरुलाई अनुरोध गरे । आफ्नो कार्यकालमा सिंगो नेपालको पर्यटन क्षेत्रमा देखिने गरि काम गर्ने उनले वताए । नयाँ वजेट वनाउँदा पर्यटन वोर्डले देशैभरी नयाँ पर्यटकिय गन्तव्य विकासमा विशेष जोड दिने उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।