logo

निगमको ओसाका उडानलाई दीर्घकालिन बनाउने उपायको खोजी

    1752   पटक पढिएको

३१ भदौ / अर्थ र व्यापार- नेपाल वायुसेवा निगमले सुरुवात गरेको नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालिन रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सदस्य ट्राभल कम्पनी,नेपाल वायुसेवा निगम र अन्य सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन पाण्डेले जापानको पर्यटन बजार नेपालका लागि अत्यन्त सम्भावनायुक्त रहेको औल्याउँदै निगमको ओसाका उडान पैसासँग मात्रै नभई मुलुकको पहिचान स्थापित गर्ने कुरासँग जोडिएको वताए । निगमले व्यवसायी र सम्बन्धित निकायहरुसँगको सहकार्य बढाउने स्पष्ट योजना निर्माण गर्नुपर्ने वताउँदै पाण्डेले व्यवसाय सुरु गर्नेवित्तिकै नाफा भइहाल्छ भन्ने कुरा सम्भावना नभएको भन्दै दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निगमसँग बोर्डको सम्बन्ध अझ प्रगाढ बनाउँदै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने वताए । उनले निगमले गर्ने प्रवद्र्धनात्मक गतिविधिहरुमा पनि नविनता खोज्नुपर्नेमा जोड दिए ।

नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर टंकनिधी दाहालले निगमको योजना वारे  प्रस्तुति गर्दै यसबीचको अवस्थाले निगमको ओसाका उडान राम्रो हुने संकेत दिएको बताए । उनले जापानमा छिट्टै निगमको डेक्स स्थापना गर्ने तयारी भइरहेको जानकारी दिदै आगामी दिनमा व्यवसायी र सम्बन्धित निकायको सुझावलाई आत्मसात गर्दै व्यवसायिक योजना बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्ने टुर एण्ड ट्राभल सञ्चालकहरुले निगमको ओसाका उडानका लागि व्यवसायीहरुलाई प्याकेज दिइनुपर्ने, डिजिटल मार्केटिङ गर्नुपर्ने, जापानका ठूला एजेन्टहरुलाई आकर्षित गर्नुपर्ने, एयरफेयरलाई तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक बनाइनुपर्ने लगायतका सुझाव दिएका थिए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।