logo

नाट्टा निर्वाचनका लागि तीन प्यानलको मनोनयन दर्ता

गुरागाईं, पन्त र धाख्वा प्यानलसहित प्रतिष्पर्धामा 

    2458   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी तीन प्यानलले मनोनयन दर्ता गरेका छन । मंगलवार नाट्टाका वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन । 

गुरागार्इं समुहको बरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिवमा राकेश धमला, सचिबमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरु सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले  मनोनयन दर्ता गरेका छन ।

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत,उपाध्यक्षमा बरुण मेहता,महासचिवमा सुधिर कुमार उपाध्याय,सचिवमा जिस्वा तुलाधर श्रेष्ठ,कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ,सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ,रामशोभित नायक र हरिकुमार श्रेष्ठ,विष्णु कार्की,डेण्डी शेर्पा,र चुडा वहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन ।

धाख्वा समुहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिबमा अमृत ढकाल, कोषाध्यक्षमा देबकी गुरुङ र सह–कोषाध्यक्षमा फूदोमा शेर्पाले मनोनयन दर्ता गरेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।