logo

नाडा अटो शो सुरु

व्यापार घाटा कम गर्न अटोमोबाइल क्षेत्रमा कर बढाईयो : अर्थमन्त्री खतिवडा

    1177   पटक पढिएको

२६ भाद्र / अर्थ र व्यापार- अर्थमन्त्री डा.युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटोमोबाइल क्षेत्रमा कर बढाएको बताएका छन । मंगलवार नाडा अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रले पनि सहयोग गरेको र त्यसलाई नियन्त्रण गर्न सरकारले कर बढाएको वताए । 

खतिवडाले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने उल्लेख गर्दै आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग गर्ने बताए ।  अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणालीमा आवश्यकताअनुसार खुकुलो र कडा नीति लिइने गरिएको उल्लेख गरे । देश आर्थिक विकासको चरणमा प्रवेश गर्दै गर्दा ऋणको माग हुने हुँदा यसले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको बताए । बैंकिङ क्षेत्रको तरलताको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको पनि उनले उल्लेख गरे ।

शो को उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको उल्लेख गरिन् । देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोवाइलको विकास तथा निर्माणको लागि केही सहुलियत दिनुपर्ने उनले बताइन । विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसन निर्माण गर्ने हो भने पनि धेरै नै व्यापार घाटा कम गर्न सहयोग पुग्ने राणाले वताईन ।

कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए । सरकारलाई राजश्व तथा अन्तरशुल्क घटाउन अनुरोध गर्दा पनि नमानेकोमा उनले दुखेसो पोखे ।  भदौ ३१ गतेसम्म चल्ने अटो शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रर्दशनीमा राखिएको छ । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।