logo

आश्वासनमा कति दिन बाँच्ने प्रधानमन्त्री ज्यू ?

नविन काफ्ले / विचार

    1975   पटक पढिएको

नेपाली जनताको विगत हेर्ने हो भने आश्वासनै आश्वासनले भरिएको पाईन्छ । वि.सं.२००७ सालतिर वाट सुरु भएको आश्वासन बाँड्ने प्रचलन आजका दिनसम्म त्यहि अवस्थामा छ, आश्वासनहरु जनताको जीवनमा परिणत हुने लक्षण देखिएको छैन । आम जनतालाई २०४६ साल भन्दा अगाडी बहुदल आएपछि सब ठीक हुन्छ भन्ने आश्वासन दिईयो, त्यसपछि गणतन्त्र आएपछि सवै ठिकठाक हुन्छ भनियो । त्यसपछि पनि जनतालाई सम्बृद्धिको सपना देखाउने मात्र काम भयो, संविधान बनेपछि, स्थानिय निकायको चुनाव भएपछि वा केन्द्रको चुनाव भएपछि । त्यसपछि नयाँ सरकार बनेपछि । 

त्यो आश्वासनको क्रम आजका दिनसम्म पनि जारी छ । नयाँ सरकार बनेपछि पनि जनतालाई आश्वासन बाँड्ने कुरा आजका दिनसम्म पनि जारी नै राख्नुभएको छ । अव त तपाईं प्रधानमन्त्री बन्नुभएको पनि करिव तीन महिना नै हुन लाग्यो । हुनत काम गरेरै देखाउन समय लाग्ला तैपनि तपाईंले चाहनुभएको खण्डमा काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न कति पो समय लाग्छ र ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बखत गरे सम्भव हुँदो रहेछ भन्ने त रातारात पिच गरिएका सडकहरुले नै देखाउँछन नि,होईन र ?

पछिल्लो निर्वाचनमा जनताले दुई तिहाई मत बाम गठबन्धनलाई दिएको स्थिर सरकार र विकासका लागी हो भन्ने विषय घामजस्तै छर्लंगै छ । तर सरकार बनेपछिका हाम्रा मन्त्रीज्युहरु प्राय चर्चाका लागी मात्र बोल्ने र आश्वासनै बाँडिरहनुभएको छ । यहाँले प्रधानमन्त्री बनेपछि पनि बारम्बार यो सरकार भ्रष्टाचार रोक्न र आर्थिक सम्बृद्धिका लागी कटिबद्ध रहेको वताउने गर्नुभएको छ । आर्थिक सम्बृद्धि भन्ने कुरा हाम्रा नेताज्युहरुले जति सजिलै भाषणमा भन्ने गर्नुभएको छ,त्यसैगरि रातारात प्राप्त हुने विषय होईन,त्यो त उचित वातावरणमा आवश्यक लगानी,श्रम र सीपले मात्र प्राप्त हुन्छ । 

दिनहुँ हजार बाह्र सय नेपाली युवाहरुलाई श्रम गर्न खाडी वा मलेसिया पठाएर, भएका खेतियोग्य जमिन बाँझै राखेर हामी दैनिक आर्थिक सम्बृद्धिका गफ मात्र त चुटिरहेका छैनौं ? सम्बृद्धि चाहने हामीले नेपाललाई सम्बृद्ध बनाउन सक्ने आधारहरुको सहि ढंगले परिचालन नगर्ने तर भाषणमा मात्र आर्थिक सम्बृद्धिको रटान जति लगाए पनि सम्बृद्धि “आकाशको फल आँखा तरि मर” मै सिमित हुनेछ । 

दैनिक १८ घण्टाको लोडसेडिङ खेपिरहेका जनताको पिडादायी अवस्थामा एकजना मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको सहि व्यवस्थापकिय योजनाले मात्र पनि देशलाई अर्बौ घाटा लाग्न वाट जोगाउन सकिँदो रहेछ नि त । सम्बृद्धि हाँसिल गर्ने हो भने सरकारको सहि योजना,जनता र लगानीकर्तामा उत्साह संगसंगै आउनुपर्छ । सडकका साना तिना खाल्डाखुल्डी मात्र पुर्ने हो भने पनि काठमाडौं अलि सुन्दर हुँदो हो, काठमाडौंको धुलोको मात्र सहि ढंगले समाधान गर्ने हो भने पनि जनता अलि स्वस्थ हुँदा हुन । 

यति काम गर्न धेरै गाह्रो छँदै छैन । भएकै स्रोत साधनको प्रयोग गरेर ईच्छाशक्ति मात्र भयो भने पनि धेरै गर्न सम्भव छ । सडककै खाल्डाखुल्डीमा पानी जमेर पार गर्न नसक्ने यथार्थका विच कति दिन नेपाली जनता पानीजहाज र रेलको सपनामा बाँचिरहने ? पहिले भएकै पूर्वाधारलाई व्यवस्थित गरौं,रेल दुई चार वर्ष पछि चडौंला । 

अव दोष कसैलाई थोपरेर हुँदैन,गर्ने ठाउँमा सरकार छ,यो भएन वा त्यो भएन भनेर रोई कराई गरेर केहि हुनेवाला छैन । मेरो तलाका सामान्य सुझावहरुलाई मात्र लागु गर्न सकेपनि नेपाली जनताको दैनिकी निकै सुखद हुँदै देशको सम्बृद्धिको यात्रा तय हुनेछ ।

१) व्यवसायिक कृषि गर्न चाहने युवाहरुका लागी सहज प्रक्रिया र विधिवाट ऋण प्रदान गर्ने वातावरण बनाईयोस । 
२) सडकको अवस्था सुधार गर्नका लागी सडक विभागमा एउटा छुट्टै टास्क फोर्स निर्माण गरियोस,जसले तत्काल काम गरि सडक मर्मत गरोस ।
३) सहकारी संस्थाहरुमा नियमन गरि ग्रामीण अर्थतन्त्र र जनताको जीवन स्तर सुधारका लागी सच्चा सारथि बनाईयोस । सहकारीलाई घर–जग्गा र महलहरु निर्माणको वाटोमा जान रोकियोस ।
४) विभिन्न क्षेत्रका व्यवसायिक संस्थाहरु मार्फत लागिएको सिन्डिकेट एकै पटकमा मन्त्रिपरिषदवाट खारेज गरियोस र प्रतिस्पर्धी बजारको निर्माण गरियोस ।
५) स्वास्थ्य क्षेत्रमा भएको मनपरीतन्त्र,बढि शुल्क असुल्ने हरुलाई कार्वाही गरियोस । स्वास्थ्य क्षेत्रमा सरकारको उपस्थिति बढाउँदै गरिव जनताले सरकारी अस्पतालहरुमै उपचार गर्न सक्ने उचित व्यवस्था मिलाईयोस । 
६) निजी विद्यालयहरुले लिने मनपरी शुल्क खारेज गर्दै उचित शुल्क तोकियोस, सरकारी विधालयहरुको सुधारमा विशेष जोड दिईयोस ।
७) सम्पूर्ण सरकारी निकायहरुलाई प्रविधी मैत्री बनाईयोस, जसवाट ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य होस ।
८) बैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृतिहरुको अन्त्य गर्न विशेष योजना बनाई कार्यान्वयन गर्दै, स्वदेशमा स्वरोजगारको लागी एउटा विशेष योजना प्रधानमन्त्री कार्यालयले नै सञ्चालन गरोस ।
९) नेपालको सम्बृद्धीका आधारका रुपमा रहेका कृषि,पर्यटन र जलविधुत मन्त्रालयका मन्त्री ज्युहरुलाई उद्घाटन र सार्वजनिक कार्यक्रमहरु जान रोकेर मन्त्रालमै निति निर्माण,योजना र अनुगमनका काममा मात्र केन्द्रित गरियोस ।

यति काम मात्र गर्न सकेको खण्डमा पनि जनताले राहतको महशुश गर्न सक्नेछन र जनता खुशी हुनेछ । यि खुशी जनता राज्यको सहि योजनामा समाहित भए भने केहि वर्षमै हामीले चाहेको सम्बृद्धि सम्भव छ । यो सम्बृद्धि यात्राको नेतृत्व गर्ने अवसर समयले तपाई प्रधानमन्त्री केपि ओलि लाई दिएको छ । जनतालाई अव आश्वासन होईन,रिजल्ट चाहिएको छ । सहि नेतृत्व गर्नुहुन्छ, देशले यहाँलाई वर्षौसम्म सम्झिरहनेछ,गर्नुहुन्न हाम्रो पुस्ता मात्र होईन,आगामी पूस्ताको भविष्य पनि अन्धकार नै हुनेछ ।    


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।