logo

समृद्ध मन्त्री, दुः खी नेपाली

नविन काफ्ले / विचार

    5658   पटक पढिएको

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंग लामो जेल र भुमिगत जीवनको अनुभव छ, लामो संघर्षको ईतिहास छ । त्यसका प्रति हाम्रो पुस्ताको अगाध श्रद्धा र सम्मान छ, हुनैपर्छ । त्यो भन्दा ठूलो सम्मान सपना देख्न छोडिसकेका नेपालीहरुलाई ओलीले सपना देख्न सिकाए । पछिल्ला वर्षहरुमा आम नेपालीहरुमा यति सम्म निराशा छाएको थियो कि अव यस देशमा नै केहि हुन्छ भनेर आशावान हुन पनि मान्छेले छोडिसकेको थिए । ठीक,त्यसैबखत नेपाली राजनीतिमा ओलीयुगको सुरुवात भयो ।

ओलीले ठट्यौली शैलीमा नै किन नहोस, नेपाली जनतामा राष्ट्रियताको भावना मात्र जगाएनन, धेरथोर आशा पनि जगाए । उनी अघिल्लोपटक प्रधानमन्त्री हुँदा जनतामा खासै ठूला अपेक्षा पनि थिएनन, तर यसपटक उनी प्रधानमन्त्री भएको नौ महिनामा नै जनता सरकारका गतिविधिवाट खुशी देखिँदैनन । आखिर किन त ?

नौ महिनामै रेल वा पानीजहाज आएन भनेर जनता भनिरहेको छैनन वा नौ महिनामै घरघरमा खाना पकाउने ग्याँस पाईपवाट आएन भनेर जनतामा असन्तुष्टि बढेको होईन । तर विहानीले कस्तो दिनको संकेत ग¥यो त ? प्रश्न त्यतातिर हो । र यदि सरकारले जनताको चाहनालाई सम्बोधन गर्ने हो भने त्यसको उत्तर पनि यहि विन्दुवाट खोज्नुपर्ने हुन्छ । समृद्धिको सपना मिठो सुनिएको छ, तर सपनाले मात्र कतिदिन जनता खुशी भएर बस्न सक्लान । 

रातारात परिवर्तन हुँदैन,गर्न पनि सकिँदैन । तर झल्को मात्र दिन नौ महिनाको समय पर्याप्त हो । त्यसमाथि यो फास्टफुडको जमाना हो । जनता पात्रोमा चिन्ह लगाएर वसेका छन । 

उदाहरणका लागी २०६२ / ६३ को जनआन्दोलनमा वालिग हुँदै गरेको र आन्दोलनमा सरिक एक व्यक्ति आज ३० वर्षको भयो । देशको लागी यो लामो समय हुन सक्छ तर एउटा व्यक्तिको जीवनमा यो कालखण्ड जीवनको सवैभन्दा उर्जाशील समय हो,जुन उसले कहिले संविधान,कहिले निर्वाचन वा कहिले समृद्धिको सपना मा वितायो । अव त दुई तिहाईको सरकार छ, त्यसमाथि वर्तमान सरकारले सपना पनि देखायो भने सपना देख्नेको के दोष ? चिन्ता वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन भने जनतामा अव कसले गर्ला भन्ने सोच छिट्टै नै आउनेछ । यदि यो पुस्ता वर्तमान देशको अवस्था प्रति निराश भयो भने देशको भविष्य कस्तो होला ?

धेरै विगतमा पनि फर्कन चाहन्न, तर बहुदल आएपश्चातको हालसम्मको राजनीतिलाई हेर्ने हो भने सत्ता र शक्तिमा रहने, मन्त्री भएकाहरुको जीवनमा परिवर्तन आयो,आम जनताको जीवनमा खासै केहि बदलाव आएको छैन । बहुदल आएपश्चात नै ठूलो नेपाली जनता बैदेशिक रोजगारीको लागी विदेश पलायन भयो । यदि केहि परिवर्तन आएको छ भने त्यो व्यक्तिको व्यक्तिगत प्रयास र विश्वभर आएको परिवर्तनका वाछिटा वा प्राकृतिक परिवर्तन मात्र हो ।

आखिर सपना र सोच राम्रै थियो,तर सपना देखाए अनुसार काम किन हुन सकेन त ? तथ्य, तथ्यांक र सुचकांकमा पनि जान चाहन्न । प्रधानमन्त्री ओलीले देखाएको  सपनाप्रति उनकै टिम अर्थात मन्त्रीपरिषद्मा रहेका सदस्यहरु वा मन्त्रीहरुले त्यहि अनसार काम गरेका छन त ? छातीमा हात राखेर ईमान्दारीपूर्वक भन्ने हो भने प्रधानमन्त्री ओली नै आफ्ना मन्त्री परिषद्कका कति जना मन्त्रीहरुको कार्य देखेर चित्त बुझाउलान ? एक वा दुई ? कमसेकम जनताको स्तरवाट हेर्दा त्यो भन्दा वढि देखिन्न ।

आखिर किन त्यस्तो हुन्छ र भईरहेको छ त ? मन्त्री हुनुअगाडी र भएपछिका व्यक्तिको जीवनस्तरमा आकाश जमिनको फरक आउँछ । त्यसका लागी नेकपा भित्रकै एकपटक मन्त्री भएका र नभएका व्यक्तिहरुको जीवनस्तर हेरे पुग्छ । अधिकांश मन्त्रीहरु (अपवाद लाई छोडेर) उनीहरुको विगतमा जे–जस्ता संघर्षका ईतिहास भएपनि एकपटक मन्त्री हुने हो,जीवनलाई आर्थिक रुपमा सुरक्षित वनाउनुपर्छ भन्ने मान्यतावाट निर्देशित छन । 

अव रह्यो समृद्ध नेपाल कसरी ? नौ महिना मा के पहल भए त ?  प्रधानमन्त्री कहाँ सडक र जनताको मानोविज्ञाको यथार्थ पुग्छ कि पुग्दैन । म भन्न सक्दिन तर आजको युवा पुस्ता अव बोलेर,लेखेर पनि केही हुँदैन भन्ने अवस्थामा पुगिसकेको छ । 
गाउँका अवस्था विल्कुलद फेरिएको छ । हर घरका हरेक व्यक्ति विदेशिएका छन,मासिक केही हजार कमाउनका लागी । गाउँमा मान्छे मर्दा मलामी जाने व्यक्तिको समेत अभाव भईरहेको छ । कृषिकर्ममा लाग्न चाहने व्यक्ति अत्यन्त न्युन छ । केहि सेलब्रेटि कृषकहरु आउनुलाई सकारात्मक नै मान्नुपर्छ ।

जो–जो उद्योगी व्यापारी सरकारको आसपासमा रहेर काम गरेका छन,अर्बौ पैसा  उनीहरुले नै कमााएका छन, अरुमा त्यस्तो उत्साह देखिँदैन । सरकारी कोषमा रकम थुप्रिएर बसेको छ, काम हुन सकेको छैन । न्यान्य माग्दै जनता महिनौंसम्म आन्दोलित छन । यस्तै अवस्था रहे कतै, समृद्ध मन्त्री र दुःखी नेपाली भन्ने नारा स्थायी रुपमै कायम रहने त होईन ?

राजनीतिक नेतृत्वले कर्मचारीलाई,कर्मचारीले नेतालाई दोष दिएर कतिन्जेल यो देशलाई पछौटेपन र जनतालाई दुःखी राखिरहने त ? त्यसैले अव द्रुतगतिमा काम गरेर जनतालाई रिजल्ट दिनुपर्छ । त्यसका लागी ध्यान दिनुपर्ने विषयवस्तुहरु बुँदागत रुपमा राख्न चाहन्छु ।

१) सरकारले आफ्ना प्राथमिकता के हुन र त्यसलाई पुरा गर्न कति समयमा के काम सम्पन्न गर्ने कार्यतालिका सम्पन्न गरोस । सिंगो राज्यको ध्यान जनतावाट निर्वाचित राष्ट्रपतिलाई हेलप्डाड वा करोडौंको खाडी खरिदमा दिएर आम जनतालाई भुईंमान्छे र दुःखी महशुश गर्नुपर्ने अवस्था नल्याईयोस । वा कुनै विवादित अन्तर्राष्ट्रिय धर्म प्रचारक संस्थाका गतिविधिमा सम्पूर्ण राज्य लाग्नु जनताको खुशी हुँदै होईन ।
२) आर्थिक वा नैतिक रुपमा विवादित मन्त्रीहरुलाई फिर्ता बोलाईयोस । मन्त्रीहरुले आँफैले घोषणा गरेका कार्ययोजना पुरा नगरेमा उनीहरुलाई उनीहरुकै कार्यतालिका प्रति जिम्मेवार वनाईयोस ।
३) हरेक मन्त्रालयलाई समय तोकेर यति समयभित्र यति काम र बजेट खर्च गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था गरियोस । त्यसको अनुगमनका लागी छुट्टै अनुगमन युनिट खडा गरियोस । 
४) जनताको प्रत्यक्ष दैनिकीसंग जोडिएका सडक,मालपोत,यातायात व्यवस्था विभाग,सार्वजनिक सवारी जस्ता विषयमा तत्काल सुधारका प्रयास थालियोस ।
५) समयमै काम सम्पन्न गर्ने सरकारी कर्मचारीलाई प्रोत्साहन र ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डको व्यवस्था गरियोस ।
६) राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयले अनुगमन र निरक्षणको व्यवस्था गरियोस ।

यति काम मात्र गर्न सकेको खण्डमा मात्र पनि जनताले राहत महशुश गर्न सक्छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।