logo

मनाङ हेलिकप्टरको पंखाले लाग्दा एक भारतिय पर्यटकको मृत्यु

    1768   पटक पढिएको

२९ श्रावण / अर्थ र व्यापार- हेलिकप्टरको पछाडिको पंखाले लाग्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ । 
मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा भारतको महाराष्ट्रका नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । मेहता नेपालको एक्स्प्लोर कैलास ट्रेक बाट मानसरोबर गएका हुन ।

हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए । गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको थियो । प्रहरीका अनुसार पंखाले लाग्दा उनको मृत्यु भएको हो । हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ । घटनापश्चात प्रहरीले हेलिकोप्टरका कर्मचारीहरुलाई सोधपुछका लागी लगेको स्थानिय पेम्बा ताञ्जाङले वताए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।