logo

आर्थिक अनियमितता र घोटालाका सम्बन्धमा महालेखा परीक्षकले तयार पारेको प्रतिवेदन आज सार्वजनिक हुँदै

    1295   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार - महालेखा परीक्षकले बार्षिक बजेटको करिब आधार अंश बेरुजु रहेको तयार पारेको प्रतिवेदन आज सार्वजनिक हुँदै छ । महालेखा परीक्षक टंकमणि शर्माले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको प्रतिवेदन अपरान्ह ४ वर्ष सार्वजनिक गर्दै छन् ।

महालेखाले आज ५५ औं प्रतिवेदनमार्फत गत आर्थिक वर्षको खर्चलाई सार्वजनिक गर्ने छ । प्रतिवेदनले औंल्याएका कमी कमजोरीलाई सुधार गर्दै अर्को वर्ष बेरुजु कम गर्ने कम हुनुपर्नेमा त्यसलाई अबलम्बन भने गर्न सकिएको छैन् । महालेखाको प्रतिवेदले औल्याएकै विषयबाट पनि आर्थिक अनियमितता र घोटाला सार्वजनिक हुन्छ । गत वर्ष परीक्षकले औल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको कमजोरी कोट्याउँदा संसदको सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितताको निष्कर्ष निकालेको छ ।

यो वर्ष पनि हालसम्म मेलम्ची आयोजनाले गरेको २५ अर्ब रुपैयाँमा सवा २ अर्ब अनियमितता भएको प्रतिवेदनमा स्पष्टै औल्याएको उल्लेख छ । यो विषयलाई पुष्टि गर्न सकिएको र सोही अनुसारको अनियमितता भएको छानविन गरेर आउने निष्कर्षपछि भने हालसम्मकै ठूलो घोटाला विकास निर्माणको रकममा भएको फेला पर्ने छ । वर्षेनी बढ्दै गएको सरकारी खर्चको अपारर्शी कारोबार र वित्तीय अनुशासन हिनताको कारण भएको अनियमित खर्च तथा भुक्तानी सहिरको विवरण प्रतिवेदनमा आउँदै छ । महालेखाले वर्षेनी चैत मसान्तभित्रै यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । महालेखा परीक्षकले तयार पारेको सोही प्रतिवेदन अनुसार देखको खर्च प्रणालीको अवस्था, वित्तीय अनुसाशनको लेबल र खर्च प्रणालीमा भएको नियमितताको चित्र यसले प्रस्तुत गर्ने छ ।

प्रतिवेदनले बेरुजुलाई अशुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की फस्र्यौटसहित ३ वर्गमा वर्गीकरण गरेर प्रतिवेदन तयार पार्ने गर्छ । कार्यालयले बेरुजु वर्गीकरण गर्दा असुल गर्नुपर्ने, बेरुजुमा हिनामिना, र मस्यौट, हानी नोक्सानी र अन्य अशुल गर्नुपर्ने गरी ३ समूहमा बडेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई पनि अनियमित भएको, प्रमाण तथा कागजात पेश नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको गरी चार समूआ र पेश्कीलार्य पनि कर्मचारी, मोबिलाइजेशन, प्रतितपत्र र संस्थागत गरी चारै समूहमा बाँडेर यसमा भएको वास्तविक खर्चको विवरण सार्वजनिक गर्ने गरेको छ ।

गत वर्ष २०७४ को प्रतिवेदनमा ५ खर्ब ८ करोड रुपैयाँको बेरुजु निष्किएको छ । जम्मा १७ खर्ब रुपैयाँमा भएको लेखापरीक्षणबाट कुल खर्चकै करिब एक तिहाई रकम बेरुजु निस्किएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बेरुजु बढेको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।