logo

लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

    1213   पटक पढिएको

१५ चैत्र /अर्थ र व्यापार - काठमाडौंको होटल सोल्टीमा आयोजित लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका छन् । लगानी बोर्डका अध्यक्षसमेत रहेका ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् । विदेशी लगानी भित्र्याउने उदेश्यका साथ सरकारले दुई दिने सम्मेलन आयोजना गरेको हो । 

विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ता सहभागि भएका छन् भने स्वदेशी तथा विदेशी गरी झण्डै सम्मेलनमा करिब एक हजार लगानीकर्ताको उपस्थिति छ । लगानी बोर्डले कृषि, जलविद्युत, उद्ययोग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रमा ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा परियोजनाहरू प्रस्तुत गर्नेछ । सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका थिए । सम्मेलनमा सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गर्दैछ जसमा २७ वटा निजी क्षेत्रको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।