logo

फोहरबाट काठमाडौँ महानगरपालिकाले निकाल्यो ग्यास र बिजुली

    1278   पटक पढिएको

१३ असार / अर्थ र व्यापार – काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । 

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी  एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ । 

सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।