logo

शुक्रबार ४ बजे अन्तराष्द्रिय विमानस्थल बन्द हुँदै

    3526   पटक पढिएको


८ असार / अर्थ र व्यापार - शुक्रबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ । दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने छ । विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुनेछ ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियम अनुसार प्रत्येक दुइरदुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले गर्नुपर्ने ’फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएका कारण विमानस्थल बन्द गर्न लागिएको हो । यो एक्सरसाइजमा ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर विमानस्थल र वरपर भएका सम्पूर्ण अग्नी नियन्त्रक लगायतका सामाग्रीहरु त्यहाँ लगिन्छ ।

यदि विमानस्थलमा कुनै जहाजको दूर्घटना भइहाल्यो भने तत्काल कसरी उद्दार गर्न सकिन्छ र विमानस्थलको ’एक्सिडेन्ट रिड्युस’ गर्ने क्षमता कति छ भनेर जाँच गरिन्छ र यसलाई दूर्घटनापूर्व गरिने पूर्वतयारीका रुपमा समेत लिइन्छ । जसका लागि विमानस्थलले काठमाडौंमा ल्याण्ड हुने एयरबसको ए ३३० सिरिजको ठूलो जहाजको छनौट गरिसकेको छ ।

पूर्वतयारी अनुसार १८० जना यात्रु बोकेर काठमाडौं एयरपोर्टमा अवतरण हुन लागेको जहाज पेप्सीकोला क्षेत्रमा दूर्घटना हुन्छ र त्यसलाई निभाउनकालागि उपलब्ध हरेक प्रयास गरिन्छ । साथसाथै घाइते र मृत्यु भएका यात्रुलाई उद्दार गरिन्छ । विमानस्थलले यो पटक जहाज दूर्घटनाबाट घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्याइने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।